चितवनमा थप ८० जनामा कोरोना पुष्टि

चितवन : चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधवार २८८ जनाको स्वाब परीक्षण गरिएकोमा ८० जनामा कोरोना पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्रै ३५ जनामा कोरोना संक्रमित थपिएका छन् ।यस्तै रत्ननगरका १०, कालिकाका ४ र खैरहनीका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सिएमसी कै प्रयोगशालामा नवलपुरका २२, मकवानपुरका ३ तथा रुपन्देही, कपिलबस्तु, काठमाडौं र गोरखामा समान एक-एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.