आईपिएल क्रिकेट अन्तर्गत आज २ खेल हुदै : पहिलो खेल दिल्ली र मुम्बई साथै दोश्रो खेलमा बैंगलोर र हैदरावाद भिड्दै

काठमान्डू : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत आज २ खेल हुदैछन । पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई भिड्दै छन् । पहिलो खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ । जारी सिजनमा मुम्बईले १२ म्याचमध्ये ८ मा जित र चार खेलमा हारको सामना गरेको छ ।त्यस्तै दिल्लीले १२ खेलमा ७ म्याचमा जित हासिल गरेको छ । तालिकामा मुम्बई शीर्ष र दिल्ली तेस्रो स्थानमा छ ।

त्यस्तै आजको दोश्रो खेल रोयल च्यालेञ्जर बैंगलोर र सनराइजर्स हैदरावाद बिच हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे शारजाहमा सुरु हुनेछ । जारी सिजनमा आरसीबीले १२ खेलमा ७ खेलमा जित निकाल्दै १४ अंक हासिल गरेको छ । अंक तालिकामा उसले दोश्रो स्थान कब्जा जमाएको छ त्यस्तै हैदरावादले १२ खेलमा ५ जित मात्र हासिल गरेको छ । अंकतालिकामा हैदरावाद सातौ स्थानमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.