पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ संक्रमित थपिए : १७ जनाको ज्यान गयो

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय ७९ पीसीआर टेष्ट गर्दा ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.