गोन्द्राङ-पुल्चोक सडकको स्तरोन्नती : सर्भेको काम सुरु

चितवन : भरतपुर महानगरपालिकाको मूख्य नगर क्षेत्रमा पर्ने पूर्ब पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको पुल्चोकबाट गोन्द्राङ सम्मको सडक स्तरोन्नतीको काम सुरु भएको छ । सडक निर्माणको वोलपत्र सकार गरेको इण्डो सगुन जेभीले काम सुरु गरेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी ई. शिव खनालका अनुसार ठेकेदार कम्पनीले सर्भेको काम सुरु गरेको छ । यस संगै सडकको छेउमा रहेका रुख, पोल लगाएत हटाउने काम अघि वढाईदै छ । कार्यालय संग असोज २६ गते सगुनले २८ महिनामा सम्पन्न गर्ने गरि सम्झौता गरेको हो । खनालका अनुसार रु १ अर्ब १२ करोडमा स्तर उन्नती गर्न लागिएको सडकको लम्बाई ६ किलो मिटर लामो छ । सडकले ओगटेको चौडाई ५० मिटरको पुरै भागलाई प्रयोगमा ल्याएर ६ लेन सडक निर्माण गरिने छ ।

हाल सो सडकको ७ देखि १७ मिटर सम्म फराकिलो कालोपत्रे रहेको छ । मूख्य शहरी क्षेत्रमा चार लेन कालोपत्रे रहेको छ भने अन्य भागमा दुई लेन मात्र कालोपत्रे रहेको छ । सडकको बिचमा तीन मिटर हरियालीका लागि छुट्याईएको छ भने चार लेन लामो दुरीका गाडीका लागि र छेउ–छेउमा दुई लेन स्थानीय सवारीका लागि छुट्याईएको खनालले जानकारी दिनुभयो । सवारी साधनले यात्रु झार्नका लागि व्यवस्थित ठाउँ हुनेछन् । सडकको दुवैतर्फ फुटपाथ, ढल वनाईने छ । सडकको दायाँ–बायाँ र बिचमा आकर्षक सडक बत्ती हुने छ । खनालले भन्नुभयो “सरासर काम भएमा वि.सं.२०७९ माघ १० गते भित्र सुन्दर सडक वन्नेछ ।”

झण्डै दुई वर्ष अघि भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा तत्कालीन भौतीक पूर्बाधार तथा यातायात मन्त्री रघुविर महासेठले यो सडक निर्माणको घोषणा गर्नु भएको थियो । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एबं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, मन्त्रालयका सचिब, सडक बिभागका महानिर्देशक लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियो ।
महानगर प्रमुख रेनु दाहालले त्यस पछिको निरन्तर प्रयास पछि काम सुरु हुने अबस्थामा आई पुगेको बताउनुभयो । यो सडकले आवागमनलाई सहज संगै महानगरको सौन्दर्यता वढाउने भएकाले आँफुले पहल कदमी लिएको उहाँको भनाई छ । यो सडक वने संगै महानगरको नारायणगढ र भरतपुर क्षेत्र व्यवस्थित हुने छ । पूर्ब पश्चिम यात्रा गर्ने यात्रुहरु थप लाभान्वित हुने छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.