आईपिएलले बेवास्ता गरेको सन्दिप लामिछाने बिबिएलको प्राथमिकतामा

काडमाडौं : आगामी डिसेम्बर १० बाट सुरु हुने अष्ट्रेलियाको चर्चित बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट प्रतियोगितामा सन्दिप लामिछानेलाई लिन बीबीएलका विभिन्न ४ टिमहरूले इच्छा देखाएका छन्। सन्दिपलाई भित्राउन एडिलेड स्ट्राइकर, होबार्ट हरिकेन्स, पर्थ स्कोर्चर्स र सिड्नी सिक्सर लागिपरेका छन् । बीबीएलको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। टोलीहरुले धमाधम खेलाडीहरु भित्र्याइरहेका छन्।

४ वटा टिमले सन्दिपका लागी चासो देखाए पनि सन्दिप कुन टिम बाट खेल्ने भन्ने बिषय टुंगो लागिसकेको छैन। बीबीएलमा गत सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिप यो सिजनमा नयाँ टोलीबाट खेल्नेछन्।
उनी आवद्ध भएपछि मेलबर्न लगातार दुई सिजनमा फाइनलसम्म पुगेको थियो।

सन्दीपले दुई बीबीएलको दुई सिजनमा २६ विकेट लिएका छन्। उनले २०१८ मा ८ म्याचमा ११ र २०१९ मा १३ खेलमा १५ विकेट हात पारेका थिए।

इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि यूएईमा रहेका सन्दीप नेपालमा केही साता बसेर बीबीएलका लागि अष्ट्रेलिया जानेछन्।

बीबीएलमा ८ टिमले प्रतिस्पर्धा गर्ने छन्। अघिल्लो सिजनको तुलनामा यस सिजन केही परिवर्तन भएको छ। यस सिजनमा हरेक बीबीएल टिमले ३ खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन्।

यसअघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाइने प्रावधान रहेको थियो। बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाइने छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.