पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जनामा संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७ सय ५९ महिला र १ हजार १ सय ५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ भने १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ३ सय ४९ जना संक्रमणमुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर ३८ हजार ४ सय ६१ संक्रिय संक्रिमित छन् । उनीहरुमध्ये २९ हजार ३ सय ८४ होम आइसोलेसनमा छन् भने ३ सय ७३ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.