पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले १३ को ज्यान गयो : २ हजार १ सय ११ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २ पुगेको छ ।

सोही अवधीमा २ हजार १ सय ११ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ३ हजार ५ सय ३७ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

हालसम्म संक्रमित मध्ये १ लाख ६८ हजार १ सय २९ निको भइसकेका मन्त्रालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.