घुस दिने सवारी चालक कारवाहीमा : बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय

चितवन : आफूले गरेको गल्तीबाट छुट पाउन ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घुस दिन सवारी चालकहरु कारबाहीमा परेका छन् ।

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका अनुसार त्यसरी घुस दिएका २३४ जना सवारी चालकलाई कारवाही गरिएको हो । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवन मातहत रहेका ट्राफिक प्रहरी कार्यालयहरुले कारवाही गरेको हो ।

चालकलाई गरेको कारवाहीबाट २ लाख ४९ हजार जरिबाना रकम संकलन भएको छ भने घुस दिन खोजिएको ४३ हजार ९२० रुपैया भने फिर्ता गरिएको छ ।

सबै भन्दा धेरै बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका ट्राफिक प्रहरीलाई घुस दिने धेरै चालक कारवाहीमा परेका छन् । तथ्याङ्क अनुसार १७० जना चालक कारवाहीमा परेका छन् । उनीहरुलाई गरिएको कारबाहीबाट १ लाख ७२ हजार ५ सय रुपैया जरिबाना रकम संकलन भएको छ भने २१ हजार १५० रुपैया फिर्ता गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा ३७ जना चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहीलाई घुस दिएको १० हजार ९७० रुपैया फिर्ता गरिएको र उनीहरुलाई ३४ हजार ५ सय रुपैया भने जरिबाना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापमा ९ जना चालक कारवाहीमा परेकाछन्। उनीहरुले दिएको ६ हजार १ सय रुपैया घुस फिर्ता गरिएको छ भने २० हजार रकम जरिवानाबाट संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा ८ जना चालकले ४ हजार २ सय रुपैया घुस दिएको रकम फिर्ता गराएर उनीहरुलाई ११ हजार ५ सय रुपैया फिर्ता गराइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरीलाई घुस दिएका ५ जना चालकलाई पनि कारवाहि गरिएको छ । जसबाट ५ हजार जरिवाना संकलन भएको छ भने १ हजार घुस रकम फिर्ता गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङमा ३ जना चालक कावाहीमा परेका छन् । उनीहरुले दिएको ३ सय रुपैया घुस रकम फिर्ता गरिएको छ भने कारवाहीबाट ३ हजार ५ सय रुपैया संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटमा २ जना चालकलाई कारवाही गरिएको छ । उनीहरुले दिएको २ सय रुपैया फिर्ता गरिएको छ भने २ हजार कारवाही गरिएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार चालक मात्र नभई उक्त गतिविधिमा संलग्न प्रदेशभरका ८ जना ट्राफिक प्रहरीलाई पनि कारबाही गरिएको जानकारी दिनुभयो । आन्तरिक सूचीकरण अनुसार ट्राफिक पनि कारवाही परेका हुन् । हालसम्म २ जना निलम्वनमै परेका छन् अन्यको नसियत देखि वढुवा रोक्का सम्मका रहेका कोइरालाले बताउनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.