स्वर्गीय पिताको ४५ दिनको पुण्य तिथीमा फरक क्षमता भएका बिद्यार्थिहरुलाई खाना

चितवन : सगरमाथा मोवाईलका प्रोप्राइटर शंकर पौडेलले आफ्नो स्वर्गीय पिता कृष्ण प्रसाद पौडेलको ४५ औं दिनको पुण्य तिथिको अवसर साथै लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्स जन्मजयन्तीका अवसर पारी झुवानीमा रहेको फरक क्षमता भएका बिद्यार्थिहरुको छात्रावासमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेका छन् ।

लायन्स क्लब अफ रत्ननगर मिड नेपालका सहकोषाध्यक्ष समेत रहेका लायन शंकर पौडेलले पुजनीय स्वर्गीय पिताको स्मृतिमा फरक फरक अन्य कार्यक्रम हरु समेत गर्ने बताउनुभएको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष लायन किशोर चालिसेको अध्यक्षता, लायन्स अन्तर्राष्ट्रिय 325 बि 2 का डेपुटि डिष्ट्रिक्ट कोअर्डिनेटर लायन योगेन्द्रनाथ अधिकारी को प्रमुख आतिथ्यमा साथै क्लबका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन सुरेश चन्द्र आचार्य को बिशिष्ठ आतीथ्यता, क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा भएको हो।

मानवीय सेवामा समर्पित यस लायन्स क्लब बाट यो भन्दा अगाडि पनी धेरै पटक बिभीन्न खाले सहयोग प्राप्त भैरहेको कुरा शिक्षाका सिता थनैतले जानकारी दिनुभयो। छात्राबासमा ४५ बालबालिका अध्यनरत छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.