साहाराको घरमा आश्रित वालवालिकाहरुलाई खाद्यान्न सहयोग

०५ माघ २०७७
रामु आचार्य, रत्ननगर
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती, टिकौलीको ३० औँ स्थापना दिवसको अवसर पारेर आज भरतपुर महानगरपालिका १० मा रहेको साहाराको घरमा आश्रित वालवालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ । साहाराको घरमा रहेका १८ जना वालवालिकाको लागी ६ बोरा चामल, १ बोरा दाल, २ बोरा आलु, १ बोरा पिठो, ६ कार्टुन चाउचाउ, १ कार्टुन बिस्कुट, १० किलो चिनी, १५ किलो नुन, ५ पोका सोयाबिन, १ किलो जिरा मसला, १ बोरा भुजा लगाएत २१००० रुपैया बराबरको खाद्यान्न वितरण गरिएको युवा परिषद प्रा. स. टिकौलीका अध्यक्ष बालकृष्ण अमगाईंले जानकारी दिनुभयो ।

कुशुम साहाराले संचालन गर्नुभएको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती, टिकौलीको सम्पूर्ण सदस्यहरुको उपस्थिति थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिती, टिकौलीको वार्षिकउत्सव आगामी माघ १८ गते रहेकोमा सो दिवसलाई लक्षित गरी माघ १७ गते रक्तदान, १८ गते दिप प्रज्वलनको कार्यक्रम समेत आयोजना गरिने समितिका सचिव केशवराज बरालले जानकारी दिनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.