गरिवलाई नि:शुल्क स्वास्थ्य बिमा, सहकारीलाई जग्गा : वडाध्यक्ष पाख्रिन

रामु आचार्य
२२ असोज । रत्ननगर
चरम गरिवीका कारण स्वास्थ्य उपचारमा कठिनाई भएको भन्दै निश्चित संख्यामा गरिवहरुलाई वडा कार्यालयले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने रत्ननगर नगरपालिका वार्ड नम्बर १२ का वडाध्यक्ष वीरबहादुर पाख्रिनले बताएका छन् । रत्ननगर १२ सालघारीमा आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको संस्थाको दशौँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा पुगेका पाख्रिनले यस्तो बताएका हुन् । साथै सुकुम्वासी बस्तीमा सुकुम्बासी उकास्नका लागि स्थापित भएको आकृति महिला बचतलाई छिट्टै जग्गा उपलव्ध गराईदिने समेत पाख्रिनको भनाई थियो । उनले थपे “सहकारीलाई उचित हुने सार्वजनिक जग्गा उपलव्ध गराउनेछौं” ।

कार्यक्रममा रत्ननगर सहकारी संजालकी अध्यक्ष ऋतु गिरि, सामाजिक अभियान्ता सरोज भण्डारी, लुमन्ती आवासका लागी सहयोग समूहका कार्य क्षेत्र संयोजक सिंह बहादुर लामा, नेपाल बसोबास बस्ति संरक्षण समिति संरक्षण समाज रत्ननगरका अध्यक्ष दिल बहादुर तामाङ लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले दैनिक रुपमा भएको आम्दानि अलिकति भएपनि बचत गर्ने बानि बसाल्न आग्रह गरेका थिए ।

सो कार्यक्रममा गङ्गा महिला उद्धमी समूह, रत्ननगरको पहिलो लाईसेन्स प्राप्त अटो चालक महिला मनिमाया श्रेष्ठ, सयपत्री महिला समुहको संयोजक कुमारी स्यान्ग्तान,व्यवशायी रिता राई, जेष्ट नागरिक सन्तमाया विक, अधिकतम बाल बचतकर्ता आयुषा श्रेष्ठ, स्थापना देखि हाल सम्म सेवा गर्ने कर्मचारी शर्मिला ओझा लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रम आकृति महिला बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष फुलकुमारी लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.