खैरहनी नगरपालिका नगर सभा : वडागत ७४ वटा योजना संशोधन

चितवन,पुष २९ गते ।
चितवनको खैरहनी नगरपालिकाको दसौं नगर सभा विहीवार सम्पन्न भएको छ । नगर सभाले नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको ऐन २०७८ सहित वडागत योजना संशोधन गरेको छ । नगर सभामा नगर प्रमुख लालमणी चौधरीले प्रस्तुत गरेको नगरपालिकामा कार्यरत कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको ऐन २०७८ सहित विभिन्न प्रस्ताव पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए । नगर उपप्रमुख सुनिता थपलियाले योजना संसोधनको प्रस्ताव गरेकी थिइन् । वडागत ७४ वटा योजना संशोधन गरि १०७ वटा पुर्याइएको छ ।

नगर सभामा विषयत समितिबाट हाल सम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो । आर्थिक विकास समिति संयोजक कारीराम चौधरी,सामाजिक विकास समिति संयोजक मनेजर महतो,पूर्वाधार विकास समिति संयोजक होमकुमार पुन,सार्वजनिक खरिद तथा क्षमता,सुसासन विकास समिति संयोजक टिकादत्त इटनी,वातावतरण तथा विपद व्यवस्थापन समिति सदस्य रामशरण पाण्डे,विधायन समिति संयोजक देववहादुर वस्नेत, लेखा समिति संयोजक टिकाराम तिमल्सीना,न्यायिक समिति सदस्य गोमादेवी भुजेलले आआफ्नो समितिको प्रतिवेदन नगर सभामा पेश गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.