प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक

पौष ३०,काठमाडौं
धानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बालुवाटार स्रोतका अनुसार बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सीसीएमसीले १३ बुँदे सिफारिस गरेको थियो।

गत शनिबारदेखि राजनीतिक भेटघाट स्थगित गरेर आइसोलेसनमा बसेका देउवाको सोमबार र बिहीबार गरिएको कोभिड-१९ परीक्षण गराएका देउवाको दुवै रिपोर्ट नेगेटिभ आएको छ। देउवा शुक्रबारबाट नियमित काममा फर्किएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.