नेपालले पठाएको १४ टन मानवीय सहायता सामग्री काबुलमा हस्तान्तरण

काठमाडौं
नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेकी हुन्।

हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर टोली आज बिहान काबुल प्रस्थान गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसङ्घले उपलब्ध गराएको सूचीअनुसार औषधि, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री नेपालले मानवीय सहायतास्वरुप उपलब्ध गराएको बताएका थिए।

खाद्यान्नबाहेकका ती सामग्री करिब १४ टन रहेको र नेपालको इतिहासमा पहिलोपटक आफ्नै प्रयासमा मानवीय सहायता सामग्री अन्य राष्ट्रलाई सहयोगस्वरुप पठाइएको बताए। यसबाट विपत्तिका बेला नेपालले मानवीय सहायता सामग्री पठाउनसक्ने सन्देश दिएको उनको भनाइ थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.