चितवनको आठ ठाउँमा एकै पटक बर्डफ्लू

चितवन । चितवनका विभिन्न आठ ठाउँमा एकै पटक कुखुरा लगायत पंक्षीमा लाग्ने बर्डफ्लू रोग देखिएको छ । विगत केही दिनदेखि फरक फरक ठाउँमा बर्डफ्लू देखिएको हो ।

जिल्लाको खैरहनी नगरपालिका वडा नं. २ मा अवस्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रा.लि., भरतपुर महानगरपालिका वडा नं. ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं. २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले जनाएको छ ।

यसैगरी भरतपुर महानगरपालिका वडा नं. १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ स्थित अविशेक रामदामको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं. ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको कार्यालयले जनाएको छ ।

ती फार्म मध्ये कँडेल, मानन्धर र भुषालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पंक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ । बर्डफ्लू नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँहरुमा पंक्षी नष्ट गरिने उहाँले जानकारी दिनुभयो ।

ती सबै ठाउँको नमूनाको नतिजा बिहीबार आएको हो । जनशक्ति अभावका कारण काममा ढिलाई भएको उहाँले बताउनुभयो । यस अघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.