लायन्स क्लव अफ रत्ननगर मिड नेपालले नि:शुल्क आँखा शिविर संचालन गर्ने

११ फाल्गुण, रत्ननगर ।
लायन्स क्लव अफ रत्ननगर मिड नेपालले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रत्ननगरमा नि:शुल्क आँखा परिक्षण शिविर संचालन गर्ने भएको छ । शिविरमा विरामीको लागी नि:शुल्क औषधि तथा चस्मा समेत वितरण गरिने लायन्स क्लव अफ रत्ननगर मिड नेपालका सचिव शंकर पौडेलले जानकारी दिए ।

नेपाल नेत्रज्योती संघ, भरतपुर आँखा अस्पताल, लियो क्लव अफ रत्ननगर मिड नेपाल त्यस्तै रत्ननगर नगरपालिका १० नम्बर वडा कार्यालयको सहकार्यमा हुने शिविर रत्ननगर १० स्थित बैरिया माविको प्राङ्गणमा यहि फाल्गुण १३ गते शनिबार बिहान १० बजे देखि सुरु हुने र दिउसो ३ बजे सम्म हुने क्लबका बर्ष २२/२३ का अध्यक्ष सुमन सुबेदीले जानकारी दिए ।

सोहि कार्यक्रम अन्तर्गत फाल्गुण १२ गते शुक्रबार बैरिया माबिमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरुको आँखा परिक्षण गरिने समेत आयोजक संस्थाले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.