जुत्ता चप्पल दशैं महोत्सवमा उपभोक्ताको चासो,३ दिनमै १० हजार बढीले गरे अवलोकन

१३ असोज , भरतपुर। चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा जुत्ता चप्पल दशै महोत्सव २०८० शुरु भएको आज तेश्रो दिनमा उपभोक्ताको भिड लागेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । आज तेस्रो दिन सम्म आइपुग्दा मेलालाई १० हजार भन्दा बढी ग्राहकले अवलोकन गरिसकेको आयोजक मध्यका एक रन शुजका प्रबन्ध निर्देशक रुद्र प्रसाद न्यौपानेले बताए । प्रदर्शनीमा अवलोकन गर्न चितवन तथा आसपासका जिल्ला नवलपरासी, तनहुँ, मकवानपुर एवं गोर्खाबाट ग्राहकहरु आउने गरेका उनले बताए ।

महोत्सबमा आउने ग्राहकहरुले १३ वटा स्वदेशी उद्योगबाट उत्पादित एक हजार भन्दा बढी प्रकारका आकर्षक डिजाइनका जुत्ता चप्पल छानी छानी किन्न सक्नेछन् । यस अघि पनि चितवन उधोग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा २०७९ फाल्गुन १८ गतेदेखि चैत १७ गतेसम्म (एक महिना) फुटवयर एक्स्पो संचालन भएको थियो । उक्त एक्स्पोमा देखिएको ग्राहकको चाप र मागलाई मध्यनजर गर्दै बडा दशै २०८० को अवसर पारेर जुत्ता चप्पल दशै महोत्सव २०८० को आयोजना गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय बताउछन् । उनका अनुसार महोत्सवमा ३ लाख बढीले अवलोकन गर्ने र ७ करोड बराबरको कारोबार हुने अपेक्षा रहेको छ ।

महोत्सवमा पि जि शुज, बि एफ डियरहिल शुज, स्मार्ट शुज, फुट स्टेप, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईफ़ लगायतको नेपालका प्रख्यात १३ ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.