काठमाडौं । भुवन केसी निर्देशित चलचित्र ‘बाटुलो जून’ले प्रदर्शनको ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले ११ दिनमा ८ करोड ३५ लाख ३७ हजार ९१७ रुपैयाँ कमाउँदै २ लाख ६९ हजार ५४४ टिकट बिक्री गरेको छ ।
यो कमाइसँगै चलचित्र अनमोल केसीको करिअरकै दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । यसअघि ‘जेरी अन टप’ले १२ करोड २८ लाख र ‘फर्की फर्की’ले ४ करोड ८४ लाख रुपैयाँ ग्रस कमाइ गरेका थिए ।
चलचित्रमा अनमोल केसी, प्रिन्सी खतिवडा, भुवन केसी, गरिमा पन्तलगायत कलाकारको अभिनय रहेको छ ।