आज मितिः २०८३ आश्विन १ गते

मुख्य समाचार

‘बाढीले घर बगायो’ सार्वजनिक

‘बाढीले घर बगायो’ सार्वजनिक

चितवनका सञ्चारकर्मी तथा सर्जक रामु आचार्यको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘बाढीले घर बगायो’ सार्वजनिक भएको छ। गीतमा पछिल्लो समय बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिक, विस्थापित परिवार र बाढीले निम्त्याएको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। बाढीले घर–आँगन बगाउँदा आफन्त गुमाएका परिवारको पीडा, आश्रयविहीन बनेका नागरिकको दुःख तथा प्राकृतिक विपत्तिले समाजमा पारेको असरलाई गीतमार्फत उजागर गर्न खोजिएको छ। गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार गरिएको आवाज प्रयोग गरिएको छ। शब्द र संगीतमार्फत विपत्तिको पीडा तथा मानवीय संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरिएको सर्जक आचार्यले बताएका छन्। ‘बाढीले घर बगायो’ ले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित…
Read More
चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

चितवन । संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत चितवनका गायक तथा संगीतकर्मी रिदम विश्वकर्माले ‘माझीदाई माछी मारिदेउ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय रिदमले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएका छन्। गीतमा शान्तिश्री परियार र रिदम विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द बिक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत तथा थेगो रिदम विश्वकर्माको रहेको छ। गीतको एरेन्जर शिव कन्मौजी मगर, मिक्स तथा मास्टर श्यामश्वेत रसाईली र रेकर्डिस्ट गोविन्द अनेक रहेका छन्। गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो। गीत रिदम विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा रिदम विश्वकर्मा र जुना विश्वकर्माले…
Read More
जन्माष्टमीको रौनक : टिकौलीको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

जन्माष्टमीको रौनक : टिकौलीको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रत्ननगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा रत्ननगर–१० टिकौलीस्थित श्रीकृष्ण प्रणामी मन्दिर वृजधाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमी मनाउन चितवनसहित विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुगेर श्रीकृष्णको दर्शन तथा पूजाआजामा सहभागी भइरहेका छन्। मन्दिर परिसरमा दिनभर नै भक्तजनहरूको चहलपहल बढेको छ। दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको संख्या साँझपख थप बढेको आयोजकले जनाएको छ। जन्माष्टमीको अवसरमा स्थानीयस्तरमा रहेका विभिन्न भजन समूहहरूले दिनभर भजन प्रस्तुति दिएका छन्। संस्थाका धार्मिक उपाध्यक्ष जगदीशचन्द्र बरालका अनुसार जन्माष्टमीको अवसरमा मन्दिर परिसरमा विशेष पूजाआजा, भजन–कीर्तन तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्। भक्तजनहरू भजन–कीर्तनमा सहभागी हुँदै श्रीकृष्णको आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजताका…
Read More
शान्तिकुञ्जद्वारा तीज खर्च जोगाएर प्रधानमन्त्री राहत कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग

शान्तिकुञ्जद्वारा तीज खर्च जोगाएर प्रधानमन्त्री राहत कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग

रत्ननगर, चितवन । रत्ननगर नगरपालिका–१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका सञ्चालक समिति, उपसमिति, संस्थापक अध्यक्ष तथा कर्मचारीहरूले तीजमा हुने खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित ८१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीकी अध्यक्ष निर्मला दंगालले जानकारी दिनुभयो। विपद्को समयमा पीडित…
Read More
पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
गौंथली भुरुरु सार्वजनिक : गीतमा मौलिक लोकलयको मिठास

गौंथली भुरुरु सार्वजनिक : गीतमा मौलिक लोकलयको मिठास

रत्ननगर । चितवनमा रहेर विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतको क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका सर्जक तथा गायक कृष्ण प्रसाद भट्टराईको २०८३ सालको मौलिक तीज गीत ‘गौंथली भुरुरु’ सार्वजनिक भएको छ। मौलिक लोकलयमा आधारित गीतमा कृष्ण प्रसाद भट्टराई र सुनितामी परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत स्वयं भट्टराईकै रहेको छ। नेपाली मौलिक लोकसंस्कृति र तीजको भावनालाई समेटिएको गीतले श्रोता–दर्शकलाई मनोरञ्जनसँगै मौलिकताको अनुभूति गराउने अपेक्षा गरिएको छ। गीतको एरेन्ज सरोज बिरही कार्की, रेकर्डिस्ट राजेश नेपाल तथा मिक्स/मास्टर मनोज परियारले गर्नुभएको हो। गीतको रेकर्डिङ आफ्नोमन एचडी स्टुडियोमा गरिएको छ। ‘गौंथली भुरुरु’को म्युजिक भिडियोमा रोहित विश्वकर्माको कोरियोग्राफी तथा कृष्ण प्रसाद…
Read More
महेश चौधरीको ‘मुना मदन २’ सार्वजनिक, नेपाली र थारु भाषाको फ्युजनले बढायो आकर्षण

महेश चौधरीको ‘मुना मदन २’ सार्वजनिक, नेपाली र थारु भाषाको फ्युजनले बढायो आकर्षण

चितवन । गायक तथा कलाकार महेश चौधरीको प्रस्तुतीमा रहेको नयाँ गीत ‘मुना मदन २’ सार्वजनिक भएको छ। नेपाली र थारु भाषाको फ्युजनमा तयार पारिएको गीत महेश चौधरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा पुरुष पात्रको भाग नेपाली भाषामा र महिला पात्रको भाग थारु भाषामा प्रस्तुत गरिएको छ। नेपाली तथा थारु सांगीतिक स्वादलाई एकैसाथ समेटिएको गीतले फरक शैलीको सांगीतिक अनुभूति दिने प्रयास गरेको छ। ‘मुना मदन २’ मा थारु गायन क्षेत्रकी लोकप्रिय गायिका अन्नु चौधरी र महेश चौधरीको स्वर रहेको छ। गीतको शब्द, कम्पोज तथा एरेन्ज फिलिप चौधरीले गरेका छन् भने मिक्स तथा मास्टरिङ पुस्कर महतोले गरेका हुन्। गीतको रेकर्डिङ…
Read More
सरकारी ऐलान र खाना पकाउने ग्यासको हाहाकार : आश्वासन र वास्तविकताबीचको खाडल

सरकारी ऐलान र खाना पकाउने ग्यासको हाहाकार : आश्वासन र वास्तविकताबीचको खाडल

– केपी लामीछाने नेपालमा पेट्रोलियम पदार्थको अभाव र मूल्यको उतारचढाव नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन। अन्तर्राष्ट्रिय बजारमा डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घट्दा पनि नेपालमा त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो बारम्बार सुनिँदै आएको छ। कहिलेकाहीँ मूल्यमा सामान्य हेरफेर भए पनि बजारमा सहज आपूर्ति नहुने, अभाव सिर्जना हुने र कालोबजारी बढ्ने समस्या दोहोरिइरहेको छ। यसको प्रत्यक्ष मारमा भने आम उपभोक्ता पर्दै आएका छन्। हाल, अगस्ट २०२६ अर्थात् साउन २०८३ मा खाना पकाउने एलपी ग्यासको अभाव फेरि चर्किएको छ। उपभोक्ता लामो समयसम्म लाइनमा बस्न बाध्य छन्। खाली सिलिन्डर लिएर ग्यास खोज्दै…
Read More
इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका छन् । च्यानल–१४ ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गरी खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ । त्यस्तै जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ । सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नुभएको हो । तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति हुनुभएको छैन । उहाँले लिखित वक्तव्यमार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ । रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरुमा नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.