आज मितिः २०८३ भाद्र १६ गते

शान्तिकुञ्जद्वारा तीज खर्च जोगाएर प्रधानमन्त्री राहत कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग

रत्ननगर, चितवन । रत्ननगर नगरपालिका–१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका सञ्चालक समिति, उपसमिति, संस्थापक अध्यक्ष तथा कर्मचारीहरूले तीजमा हुने खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्।

संकलित ८१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीकी अध्यक्ष निर्मला दंगालले जानकारी दिनुभयो। विपद्को समयमा पीडित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउनु सबैको सामाजिक दायित्व भएकाले तीजमा हुने खर्चलाई केही हदसम्म कटौती गरी उक्त रकम सहयोग गरिएको उहाँले बताउनुभयो।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, सहकारी, व्यवसायी तथा सर्वसाधारणबाट सहयोग जुटिरहेका बेला तीज खर्च जोगाएर शान्तिकुञ्जले गरेको यो सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.