आज मितिः २०८३ भाद्र १७ गते

बीमा कम्पनीहरुमा झण्डै २६ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढीका कारण भएको क्षतिपछि बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन् ।

बाढीका कारण देश नै शोकमा डुबेको बेला सबैजना हातेमालो गर्दै सरल र सहज बीमा दाबी भुक्तानी गरेर पीडितको क्षतिमा मल्हम लगाउन पनि आग्रह गरेका छन् । 

हालसम्म प्राप्त विवरण अनुसार बाढीपछि कुल ५ सय ८३ बीमा दाबी परेका छन् ।

बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले बीमा कम्पनीहरुलाई कुनै समस्या भए वा सरकारले गर्नुपर्ने केही भए सरकार सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरेका छन् । 

बाढीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । हालसम्म प्राप्त विवरण अनुसार बाढीपछि कुल ५ सय ८३ बीमा दाबी परेका छन् । यी दाबीहरुको कुल अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

त्यस्तै, उक्त उच्चस्तरीय छलफलले ठूला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर बीमा दाबी भुक्तानीलाई सहज बनाउन कदम चाल्ने निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.