आज मितिः २०८३ आश्विन ६ गते

मनोरञ्जन

महेश चौधरीको ‘हमार जितिया’ सार्वजनिक

महेश चौधरीको ‘हमार जितिया’ सार्वजनिक

चितवन । थारु समुदायको महान पर्व जितियाको सांस्कृतिक महत्वलाई समेटिएको गीत ‘हमार जितिया’ सार्वजनिक भएको छ। महेश चौधरी र लक्ष्मी रानाको स्वर रहेको गीतमा शब्द तथा संगीत महेश चौधरीको रहेको छ। गीतमा जितिया पर्वको मौलिकता, परम्परा र सांस्कृतिक पक्षलाई प्रस्तुत गरिएको छ। गीतको एरेन्ज, मिक्स तथा मास्टरिङ पुस्कर महतोले गरेका छन् भने गोचा टेल्स स्टुडियोमा तयार गरिएको गीत महेश अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोको सम्पादन तथा निर्देशन वरिष्ठ निर्देशक किशोर चौधरीले गरेका छन्। भिडियोमा अंकिता चौधरी, शिल्पा चौधरी, नितेश जंग चौधरी र निवेश चौधरीको अभिनय रहेको छ। भुलन चौधरी र मनोज महतो अतिथि भूमिकामा देखिएका छन्। म्याडम्याक्स…
Read More
‘बाढीले घर बगायो’ सार्वजनिक

‘बाढीले घर बगायो’ सार्वजनिक

चितवनका सञ्चारकर्मी तथा सर्जक रामु आचार्यको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘बाढीले घर बगायो’ सार्वजनिक भएको छ। गीतमा पछिल्लो समय बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिक, विस्थापित परिवार र बाढीले निम्त्याएको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। बाढीले घर–आँगन बगाउँदा आफन्त गुमाएका परिवारको पीडा, आश्रयविहीन बनेका नागरिकको दुःख तथा प्राकृतिक विपत्तिले समाजमा पारेको असरलाई गीतमार्फत उजागर गर्न खोजिएको छ। गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार गरिएको आवाज प्रयोग गरिएको छ। शब्द र संगीतमार्फत विपत्तिको पीडा तथा मानवीय संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरिएको सर्जक आचार्यले बताएका छन्। ‘बाढीले घर बगायो’ ले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित…
Read More
चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

चितवन । संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत चितवनका गायक तथा संगीतकर्मी रिदम विश्वकर्माले ‘माझीदाई माछी मारिदेउ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय रिदमले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएका छन्। गीतमा शान्तिश्री परियार र रिदम विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द बिक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत तथा थेगो रिदम विश्वकर्माको रहेको छ। गीतको एरेन्जर शिव कन्मौजी मगर, मिक्स तथा मास्टर श्यामश्वेत रसाईली र रेकर्डिस्ट गोविन्द अनेक रहेका छन्। गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो। गीत रिदम विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा रिदम विश्वकर्मा र जुना विश्वकर्माले…
Read More
गौंथली भुरुरु सार्वजनिक : गीतमा मौलिक लोकलयको मिठास

गौंथली भुरुरु सार्वजनिक : गीतमा मौलिक लोकलयको मिठास

रत्ननगर । चितवनमा रहेर विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतको क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका सर्जक तथा गायक कृष्ण प्रसाद भट्टराईको २०८३ सालको मौलिक तीज गीत ‘गौंथली भुरुरु’ सार्वजनिक भएको छ। मौलिक लोकलयमा आधारित गीतमा कृष्ण प्रसाद भट्टराई र सुनितामी परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत स्वयं भट्टराईकै रहेको छ। नेपाली मौलिक लोकसंस्कृति र तीजको भावनालाई समेटिएको गीतले श्रोता–दर्शकलाई मनोरञ्जनसँगै मौलिकताको अनुभूति गराउने अपेक्षा गरिएको छ। गीतको एरेन्ज सरोज बिरही कार्की, रेकर्डिस्ट राजेश नेपाल तथा मिक्स/मास्टर मनोज परियारले गर्नुभएको हो। गीतको रेकर्डिङ आफ्नोमन एचडी स्टुडियोमा गरिएको छ। ‘गौंथली भुरुरु’को म्युजिक भिडियोमा रोहित विश्वकर्माको कोरियोग्राफी तथा कृष्ण प्रसाद…
Read More
महेश चौधरीको ‘मुना मदन २’ सार्वजनिक, नेपाली र थारु भाषाको फ्युजनले बढायो आकर्षण

महेश चौधरीको ‘मुना मदन २’ सार्वजनिक, नेपाली र थारु भाषाको फ्युजनले बढायो आकर्षण

चितवन । गायक तथा कलाकार महेश चौधरीको प्रस्तुतीमा रहेको नयाँ गीत ‘मुना मदन २’ सार्वजनिक भएको छ। नेपाली र थारु भाषाको फ्युजनमा तयार पारिएको गीत महेश चौधरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा पुरुष पात्रको भाग नेपाली भाषामा र महिला पात्रको भाग थारु भाषामा प्रस्तुत गरिएको छ। नेपाली तथा थारु सांगीतिक स्वादलाई एकैसाथ समेटिएको गीतले फरक शैलीको सांगीतिक अनुभूति दिने प्रयास गरेको छ। ‘मुना मदन २’ मा थारु गायन क्षेत्रकी लोकप्रिय गायिका अन्नु चौधरी र महेश चौधरीको स्वर रहेको छ। गीतको शब्द, कम्पोज तथा एरेन्ज फिलिप चौधरीले गरेका छन् भने मिक्स तथा मास्टरिङ पुस्कर महतोले गरेका हुन्। गीतको रेकर्डिङ…
Read More
इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानका सर्वोच्च नेता मोज्तबा खामेनी अस्पताल भर्ना भएको इजरायली सञ्चारमाध्यमको दाबी

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका छन् । च्यानल–१४ ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गरी खामेनीको अवस्था गम्भीर रहेको उल्लेख गरेको छ । त्यस्तै जेरुसेलम पोस्टले उद्धृत गरेको एक स्रोतले पनि खामेनीको स्वास्थ्य कठिन रहेको जनाएको छ । सन् २०२६ को फेब्रुअरी २८ मा अमेरिका र इजरायलले चलाएको संयुक्त सैन्य आक्रमणमा आफ्ना पिताको ज्यान गएपछि खामेनीले सर्वोच्च नेताको पद सम्हाल्नुभएको हो । तर पदभार ग्रहण गरेदेखि नै उहाँ कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थिति हुनुभएको छैन । उहाँले लिखित वक्तव्यमार्फत प्रशासनिक काम सञ्चालन गर्दै आउनुभएको छ । रिपोर्ट अनुसार खामेनी आक्रमणको शुरुमा नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.