आज मितिः २०८३ भाद्र २८ गते

चित्रवन अनलाईन

15 Posts
‘बाढीले घर बगायो’ सार्वजनिक

‘बाढीले घर बगायो’ सार्वजनिक

चितवनका सञ्चारकर्मी तथा सर्जक रामु आचार्यको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘बाढीले घर बगायो’ सार्वजनिक भएको छ। गीतमा पछिल्लो समय बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिक, विस्थापित परिवार र बाढीले निम्त्याएको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। बाढीले घर–आँगन बगाउँदा आफन्त गुमाएका परिवारको पीडा, आश्रयविहीन बनेका नागरिकको दुःख तथा प्राकृतिक विपत्तिले समाजमा पारेको असरलाई गीतमार्फत उजागर गर्न खोजिएको छ। गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार गरिएको आवाज प्रयोग गरिएको छ। शब्द र संगीतमार्फत विपत्तिको पीडा तथा मानवीय संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरिएको सर्जक आचार्यले बताएका छन्। ‘बाढीले घर बगायो’ ले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित…
Read More
चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

चितवनका रिदम विश्वकर्माले ल्याए ‘माझीदाई माछी मारिदेउ’

चितवन । संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत चितवनका गायक तथा संगीतकर्मी रिदम विश्वकर्माले ‘माझीदाई माछी मारिदेउ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। करिब एक दशकदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय रिदमले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएका छन्। गीतमा शान्तिश्री परियार र रिदम विश्वकर्माको स्वर रहेको छ। गीतका शब्द बिक्रमबाबु विश्वकर्माले लेखेका हुन् भने संगीत तथा थेगो रिदम विश्वकर्माको रहेको छ। गीतको एरेन्जर शिव कन्मौजी मगर, मिक्स तथा मास्टर श्यामश्वेत रसाईली र रेकर्डिस्ट गोविन्द अनेक रहेका छन्। गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो। गीत रिदम विश्वकर्मा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीतको भिडियोमा रिदम विश्वकर्मा र जुना विश्वकर्माले…
Read More
जन्माष्टमीको रौनक : टिकौलीको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

जन्माष्टमीको रौनक : टिकौलीको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रत्ननगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा रत्ननगर–१० टिकौलीस्थित श्रीकृष्ण प्रणामी मन्दिर वृजधाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमी मनाउन चितवनसहित विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुगेर श्रीकृष्णको दर्शन तथा पूजाआजामा सहभागी भइरहेका छन्। मन्दिर परिसरमा दिनभर नै भक्तजनहरूको चहलपहल बढेको छ। दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको संख्या साँझपख थप बढेको आयोजकले जनाएको छ। जन्माष्टमीको अवसरमा स्थानीयस्तरमा रहेका विभिन्न भजन समूहहरूले दिनभर भजन प्रस्तुति दिएका छन्। संस्थाका धार्मिक उपाध्यक्ष जगदीशचन्द्र बरालका अनुसार जन्माष्टमीको अवसरमा मन्दिर परिसरमा विशेष पूजाआजा, भजन–कीर्तन तथा विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन्। भक्तजनहरू भजन–कीर्तनमा सहभागी हुँदै श्रीकृष्णको आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजताका…
Read More
बीमा कम्पनीहरुमा झण्डै २६ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

बीमा कम्पनीहरुमा झण्डै २६ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढीका कारण भएको क्षतिपछि बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन् । बाढीका कारण देश नै शोकमा डुबेको बेला सबैजना हातेमालो गर्दै सरल र सहज बीमा दाबी भुक्तानी गरेर पीडितको क्षतिमा मल्हम लगाउन पनि आग्रह गरेका छन् ।  हालसम्म प्राप्त विवरण अनुसार बाढीपछि कुल ५ सय ८३ बीमा दाबी परेका छन् । बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले बीमा कम्पनीहरुलाई कुनै समस्या भए वा सरकारले गर्नुपर्ने केही…
Read More
शान्तिकुञ्जद्वारा तीज खर्च जोगाएर प्रधानमन्त्री राहत कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग

शान्तिकुञ्जद्वारा तीज खर्च जोगाएर प्रधानमन्त्री राहत कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग

रत्ननगर, चितवन । रत्ननगर नगरपालिका–१२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहकारीका सञ्चालक समिति, उपसमिति, संस्थापक अध्यक्ष तथा कर्मचारीहरूले तीजमा हुने खर्च कटाएर उक्त रकम संकलन गरेका हुन्। संकलित ८१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीकी अध्यक्ष निर्मला दंगालले जानकारी दिनुभयो। विपद्को समयमा पीडित…
Read More
पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

पुरुषोत्तम–प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक

चितवन । पुरुषोत्तम दुवाडी र प्रमिला दुवाडीको तीज कोशेली ‘माईतीको सम्झना’ सार्वजनिक भएको छ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको गीतमा परदेशिएकी चेलीले गर्ने माइतीको सम्झना, चेलीका भावना र तीजको सांस्कृतिक पक्षलाई समेटिएको छ। गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ भने पुरुषोत्तम दुवाडीको शब्द र पुरुषोत्तम दुवाडी तथा जेबी ओलीको संगीत रहेको छ। थेगो उपेन्द्र दुवाडीको रहेको गीतलाई यम थापाले एरेन्ज गरेका छन्। गीतको रेकर्डिङ सुमन राना मगरले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ पनि कुमार राना मगरले गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो। ‘माईतीको सम्झना’को भिडियोमा रेजी बस्नेत, कमल अर्याल, तारा अर्याल…
Read More
पूराना कलाकार केशवराज फुलाराको नयाँ कोसेली `अधुरो माया´ बजारमा

पूराना कलाकार केशवराज फुलाराको नयाँ कोसेली `अधुरो माया´ बजारमा

सुदूरपश्चिमका पूराना कलाकार केशवराज फुलाराको नयाँ डेउडा कोसेली अधुरो माया बजारमा सार्वजनिक भएको छ ।निर्मलकुमार भण्डारी र टेक बहादुर ऐरको शब्द सिर्जनामा केशवराज फुलारा र रेखा जोशीको स्वरमा सजिएको उक्त गीत आइतबार केशव फुलारा अफिसियल युट्युबाट सार्वजनिक गरिएको हो । https://youtu.be/3GVbqq8Xe8o भूमिराज थापाको एरेञ्जमा कुसुम डिजिटल रेकर्डिङ् स्टुडीयो अत्तरिया कैलालीमा शेर बहादुर बोहराले रेकर्डिङ् तथा मास्टरिङ् गरेका हुन् ।गीतको भिडियोमा भीम थापाको निर्देशनमा बिर बहादुर बोहरा, निशा बोहरा र साथिहरुको अभिनय रहेको छ । अमृत उपाध्यायले छायाङ्कन गरेको गीतमा निशा बोहराको मेकअप रहेको छ भने प्रविण रेश्मी मगरले भिडियो सम्पादन गरेका हुन् । चर्चित भागवत वाचक एवम् धार्मिक प्रवचनकर्ता पं…
Read More
टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै

टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै

काठमाण्डौ — डार्बिनमा आउँदो अगस्ट २१ देखि ३० सम्म चल्ने टप एण्ड टी–२० शृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ । प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा अगस्ट २१ मा एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, नेपालले दोस्रो खेलमा अगस्ट २२ मा बंगलादेश हाई–परफर्मेन्स टोलीसँग, अगस्ट २४ मा होबार्ट हरिकेन्स एकेडेमीसँग, अगस्ट २६ मा एसीटी कोमेट्ससँग, अगस्ट २७ मा किङ्समेन र अगस्ट २९ मा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो । टप एन्ड टी २० शृखंला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ‘ए’विरुद्ध हुने त्रिकोणात्मक…
Read More
झण्डै एक महिनादेखि तातोपानी नाका बन्द हुँदा आयातनिर्यात ठप्प

झण्डै एक महिनादेखि तातोपानी नाका बन्द हुँदा आयातनिर्यात ठप्प

काठमाण्डौ — सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै एक महिनादेखि बन्द छ । पहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाकामार्फत हुने आयातनिर्यात पनि ठप्प छ । बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध छ । बाह्रबिसे–कोदारी खण्डको कुल लम्बाइ २६ किलोमिटर छ । भोटेकोसी गाउँपालिका–२ कोदारी (इको) क्षेत्रको सडकखण्डमा गएको असार ३१ गते आएको पहिरोले सडक भासिएपछि नेपाल–चीन दुई देशबीचको सडक सञ्जाल टुटेको छ । दुई देशलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तरराष्ट्रिय व्यापारिक मार्ग हो । अरनिको राजमार्ग डाक्लाङमा साउन ३ गतेदेखि र लिपिङ बजार नजिकै साउन १९ गतेदेखि वर्षाका कारण सडक अवरुद्ध छ । तातोपानी भन्सारमार्फत हुने आयातनिर्यात पूर्ण रूपमा ठप्प हुँदा…
Read More
भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

भदौ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

काठमाण्डौ – वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ । २० वटा वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि ५ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् । भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन् । सिद्धार्थले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ । त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.