आज मितिः २०८३ भाद्र २४ गते

‘बाढीले घर बगायो’ सार्वजनिक

चितवनका सञ्चारकर्मी तथा सर्जक रामु आचार्यको शब्द तथा संगीतमा तयार भएको नयाँ गीत ‘बाढीले घर बगायो’ सार्वजनिक भएको छ।

गीतमा पछिल्लो समय बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिक, विस्थापित परिवार र बाढीले निम्त्याएको पीडालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। बाढीले घर–आँगन बगाउँदा आफन्त गुमाएका परिवारको पीडा, आश्रयविहीन बनेका नागरिकको दुःख तथा प्राकृतिक विपत्तिले समाजमा पारेको असरलाई गीतमार्फत उजागर गर्न खोजिएको छ।

गीतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिबाट तयार गरिएको आवाज प्रयोग गरिएको छ। शब्द र संगीतमार्फत विपत्तिको पीडा तथा मानवीय संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरिएको सर्जक आचार्यले बताएका छन्।

‘बाढीले घर बगायो’ ले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको पीडालाई आमसामु पुर्‍याउने प्रयास गरेको छ। गीतले विपद्का बेला मानवीय संवेदना, सहयोग र पुनःस्थापनाको आवश्यकता समेत स्मरण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.