आज मितिः २०८३ आश्विन २ गते

महेश चौधरीको ‘हमार जितिया’ सार्वजनिक

चितवन । थारु समुदायको महान पर्व जितियाको सांस्कृतिक महत्वलाई समेटिएको गीत ‘हमार जितिया’ सार्वजनिक भएको छ।

महेश चौधरी र लक्ष्मी रानाको स्वर रहेको गीतमा शब्द तथा संगीत महेश चौधरीको रहेको छ। गीतमा जितिया पर्वको मौलिकता, परम्परा र सांस्कृतिक पक्षलाई प्रस्तुत गरिएको छ।

गीतको एरेन्ज, मिक्स तथा मास्टरिङ पुस्कर महतोले गरेका छन् भने गोचा टेल्स स्टुडियोमा तयार गरिएको गीत महेश अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतको भिडियोको सम्पादन तथा निर्देशन वरिष्ठ निर्देशक किशोर चौधरीले गरेका छन्। भिडियोमा अंकिता चौधरी, शिल्पा चौधरी, नितेश जंग चौधरी र निवेश चौधरीको अभिनय रहेको छ। भुलन चौधरी र मनोज महतो अतिथि भूमिकामा देखिएका छन्।

म्याडम्याक्स बिक्रमले सिनेमेटोग्राफी, रवि चौधरीले कलर तथा संगीता चौधरीले निर्माण गरेको भिडियोको पोस्ट प्रोडक्सन डियर लभ फिल्म्सले गरेको छ।

थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व जितियाको परम्परा र महत्वलाई गीत तथा भिडियोमार्फत प्रस्तुत गरिएको ‘हमार जितिया’ ले थारु कला, संस्कृति र मौलिकताको संरक्षणमा योगदान पुर्‍याउने निर्माण पक्षको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.