बीमा कम्पनीहरुमा झण्डै २६ अर्बको बीमा दाबी, भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौँ । बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढीका कारण भएको क्षतिपछि बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन् । बाढीका कारण देश नै शोकमा डुबेको बेला सबैजना हातेमालो गर्दै सरल र सहज बीमा दाबी भुक्तानी गरेर पीडितको क्षतिमा मल्हम लगाउन पनि आग्रह गरेका छन् । हालसम्म प्राप्त विवरण अनुसार बाढीपछि कुल ५ सय ८३ बीमा दाबी परेका छन् । बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले बीमा कम्पनीहरुलाई कुनै समस्या भए वा सरकारले गर्नुपर्ने केही…