रत्ननगर–१२ मा शुभकामना आदानप्रदान, वृत्तचित्र प्रसारण र बाल क्लबलाई खेलकुद सामग्री वितरण
रामु आचार्य।रत्ननगर । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ को आयोजनामा विजयादशमी, शुभ दीपावली, छठ तथा नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वडाले पछिल्लो साढे चार वर्षमा गरेका विकास निर्माण तथा अन्य गतिविधि समेटिएको वृत्तचित्र प्रसारण गर्नुका साथै बाल क्लब तथा विद्यालयलाई खेलकुद सामग्री वितरण र वडाको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। हेल्प सोसाइटी, जमुनापुरमा आयोजित कार्यक्रममा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले अध्यक्षता गर्नुभएको थियो। फरक क्षमता भएका तथा सामाजिक कार्य र शिक्षाको क्षेत्रमा सक्रिय स्थानीय बासिन्दा रुद्रप्रसाद पन्त प्रमुख अतिथि रहनुभएको कार्यक्रममा साविक वडा नम्बर ११ का संस्थापक वडाध्यक्ष तथा रत्ननगर–१२ का निवर्तमान…