प्रदेश

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण

प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ । कपिलवस्तु जान लाग्नुभएका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको हो । उहाँ ४० मिनेट ब्यारेकमा रोकिनुभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली कपिलवस्तु प्रस्थान गर्नुभएको उहाँले बताउनुभयो ।
Read More
मदन मण्डारीकै कारण नेपालमा कम्युनिष्ट स्थापित भएको हो : नेकपाका

मदन मण्डारीकै कारण नेपालमा कम्युनिष्ट स्थापित भएको हो : नेकपाका

चितवन ०३ जेठ । नेकपाका नेताहरुले मदन भण्डारी नेपालमा कम्युनिष्ट स्थापित गर्ने जननेताको रुपमा स्मरण गरेका छन । २६ औं मदन आश्रित स्मृति दिवसको अवसरमा दासढुंगामा आयोजित श्रद्धाञ्जली सभामा नेताहरुले मदन भण्डारीकै कारण नेपालमा कम्युनिष्ट स्थापित भएको र उनकै योगदानका कारण अहिले नेपालमा कम्युनिष्टहरुले दुई तिहाईको सरकार चलाउने अबसर पाएको बताए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश साँसद कृष्णप्रसाद खनालले १९ औं सताब्दीका विश्वमा कम्युनिष्ट पार्टी र उसको सरकार धर्मराइरहेको अबस्थामा मदन भण्डारीले नेपालमा कम्युनिष्ट पार्टीलाई जनताको बीचमा स्थापित गराउन सफल भएको बताए । भण्डारीले विचारलाई आत्मसाथ गरी अहिलेको सरकार र कम्युनिष्ट पार्टीले जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाई…
Read More
चितवन टिकौलीको ढाटमा सर्वसाधारणले आगो लगाए ,प्रहरी सहायक निरीक्षक गम्भीर घाइते

चितवन टिकौलीको ढाटमा सर्वसाधारणले आगो लगाए ,प्रहरी सहायक निरीक्षक गम्भीर घाइते

चितवन जेठ ३। पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले आज आगो लगाएका छन् । आगो नियन्त्रणको त्रममा प्रहरी सहायक निरीक्षक गम्भीर घाइते भएकी छिन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहका अनुसार बिहान ११ बजेको समयमा ३०/४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएका हुन् । सो क्रममा आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छिन । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्न कर्मचारी…
Read More
५ रेक्टर स्केलको भूकम्प,केन्द्रबिन्दु धादिङ

५ रेक्टर स्केलको भूकम्प,केन्द्रबिन्दु धादिङ

चितवन ३ जेठ । चितवनमा भूकम्पको धक्का महशुस भएको छ । अपरान्ह २ बजेर ८ मिनेटमा धक्का महशुस भएको हो । धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्पले सर्वसाधारण घरबाहिर निस्किएका थिए । थप विवरण आउन बाँकी छ ।
Read More
प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिको बैठक बस्दै

काठमाडौ २ जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिको बैठकहरु बस्दैछ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दैछ । समितिले सरकारले गरेको नियुक्ति, शुसासनका विषयमा छलफल हुनेछ । त्यस्तै राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति बैठक पनि बस्दैछ । बैठकमा सहकारीका सम्बन्धमा बनेको विधेयकका विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
Read More
उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

चितवन ३० बैशाख । नेपाल शिक्षक संघको ३०औ स्थापना दिवसको अवरमा आयोजित एक कार्यक्रमा पुर्वी चितवनको उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा रत्ननगर ६ वछौलिमा रहेको वछौलि माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्षमा राममणि खनाललाई सम्मान गरेको छ । खलाललाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति जितनारायण श्रेष्ठले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
Read More
खैरहनीमा उपभोक्ता भेला प्रचार कार्यक्रम

खैरहनीमा उपभोक्ता भेला प्रचार कार्यक्रम

ध्रुवराज खनाल चितवन  ३० बैशाख   । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जिल्लाको खैरहनी नगरपालिकामा खाद्य स्वच्छता सम्वन्धी उपभोक्ता भेला प्रचार कार्यक्रम गरेको छ । खैरहनी नगरपालिका र चितवन उद्योग संघ खैरहनी इकाई समितिको सहआयोजनामा सोमबार कार्यक्रम गरिएको हो । उपभोक्ताहरुलाई स्वच्छ खाद्य पदार्थ पुर्याउने उद्देश्यले डिभिजन कार्यालय चितवनले जिल्लाका स्थानीय तहहरुमा कार्यक्रम गर्दै आएको छ । त्यसै अन्र्तगत खैरहनीका उपभोक्ता, उद्योगी, व्यवसायी, नगरपालिकाका कार्यपालिका सदस्यहरुलाई लक्षित गरि कार्यक्रम गरिएको थियो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख खाद्य अनुसन्धान अधिकृत विक्की राउत र खाद्य निरीक्षक प्रदिप काफ्लेले खाद्य स्वच्छताका बारे सहजीकरण गरेका थिए…
Read More
 मानव बेचविखन तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग  सचेतनात्मक कार्यक्रम सम्पन्न 

 मानव बेचविखन तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग  सचेतनात्मक कार्यक्रम सम्पन्न 

विकाश पौडेल खैरहनी ३० बैशाख । खैरहनी–१३ हर्नहरीमा रहेको रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयले ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।सोमवार पुस्तकालयले मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध सरोकारवाहरुसंग सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । रत्नमान टेकबहादुर दिव्यज्योति सामुदायिक पुस्तकालयको सभाहलमा सोमवार आयोजित कार्यक्रममा मानव बेचविखन ओसार–पसार तथा आधुनिक दासत्व विरुद्ध समाजका गतिविधि गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले मानव बेचविखन ओसार–पसारका वारेमा सजग रहन गनु पर्र्ने गतिविधिका वारेमा वताएका थिए । कार्यक्रममा पौरखी नेपालका कार्यक्रम संयोजक गोविन्द न्यौपानेले वैदेशिक रोजगारका कारण पछिल्लो टिक मानव बेचविखनको घटना वद्धि भएको वताउनु भएको थियो । मानव वेचविखन भन्दा…
Read More
पूर्वबजेट संसदमा आज पनि छलफल हुने

पूर्वबजेट संसदमा आज पनि छलफल हुने

काठमाडौ ३० बैशाख । पूर्वबजेटका विषयमा संसदमा छलफल जारी रहेको छ । सांसद्हरुले रणनीतिक पूर्वाधारका योजनासँगै रोजगारी र उत्पादन वृद्धिमा बजेट केन्द्रित गर्न सुझाव दिएका छन । हिजोबाट सुरु भएको छलफल आज पनि जारी रहनेछ । हिजो पूर्व अर्थमन्त्रीहरूसहित सांसदले सुझाव दिएका थिए । सांसदहरुले तीनै तहबीच समन्वय हुनेगरि कार्यान्वयन खालको बजेट ल्याउन सुझाव दिएका छन् । पहुँचवालाको क्षेत्रमा मात्रै बजेट जाने कुरालाई सांसदहरुले सचेत गराएका छन् । संसदमा धारणा राख्ने अधिकांश सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र र जिल्लालाई प्राथामिकतामा राखेर बजेट ल्याउन सरकारसँग माग गरेका छन् । सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गर्दै आफ्नो क्षेत्रमा बजेट माग गरीरहेका छन् ।…
Read More
वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

वुद्धज्योती ईग्लीस स्कुलद्धारा शैक्षिक सामाग्री वितरण

चितवन २८ बैशाख । चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका ९ कोलारमा रहेको महाकाली आधारभुत विधालयलाई रत्ननगर ४ मा रहेको वुद्धज्योती ईग्लीस स्कुलले शैक्षिक सामाग्री सहयोग गरेको छ । चितवनको विकट पहाडी क्षेत्रमा अवस्थित यस विधालयमा सिमान्तकृत समुदाय चेपाङ्ग समुदायको वाहुलियता रहेको छ । यस विधालयमा हाल कक्षा ४ सम्मको पढाई हुने गरेको छ । कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष जय वहादुर प्रजा प्रमुख अतिथि रहनु भएको थियो । प्रजाले विधालयमा आएर सहयोग गरेकोमा वुद्धज्योति ईग्लीस स्कुल परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा वुद्धज्योती ईग्लीस स्कुलका विधार्थी अभिभावक संघका अध्यक्ष वासु सापकोटा , लायन्स कल्व अफ चितवन राईनो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.