प्रदेश

सडक बोर्डको दस्तुर संकलन केन्द्र  आगजनी गर्ने तीन जना धरौटीमा   छुटे

सडक बोर्डको दस्तुर संकलन केन्द्र आगजनी गर्ने तीन जना धरौटीमा छुटे

चितवन , ७ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा तोडफोड एवं आगजनी गर्ने तीन जना मंगलबार छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत शुक्रबार पक्राउ परेका रेष्टुरेन्ट एण्ड बार एशोशिएसन सौराहाका अध्यक्ष गोकर्ण गिरी सहित रत्ननगर नगरपालिका वडा नम्बर ९ का कुल प्रसाद लामिछाने, राप्ती नगरपालिका वडा नम्बर ८ का खिलप्रसाद घिमिरेलाई प्रतिव्यक्ती ५४ हजार रुपैयाँ धरौटीमा मंगलबार छुटेका हुन् । लामिछाने र घिमिरेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । यता, आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर संकलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्ट्रक्सन प्रालीले गोकर्ण गिरीसहित उद्योग…
Read More
सिद्धीका चेपाङलाई मौरीसहितको घार वितरण

सिद्धीका चेपाङलाई मौरीसहितको घार वितरण

चितवन ०७ जेठ । मौरी जोन कार्यक्रम लागू भएको चितवनको कालिका नगरपालिका वडा नम्बर १० र ११ का युवाहरुलाई मौरीसहितको घार वितरण गरिएको छ । तीन वर्षभित्र मौरीसहितको ६ सय वटा घार वितरण गर्ने योजनासहित मंगलबार एक सय घार मौरी वितरण गरिएको हो । स्थानीय युवाहरुलाई उद्यमी बनाउने उद्धेश्यसहित मौरीसहितको घार वितरण गरिएको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताए । चितवनको कालिका नगरपालिकाका ९, १० र ११ नम्बर वडामा मौरी जोन कार्यक्रम लागू भएको उल्लेख गर्दै श्रेष्ठले यस क्षेत्रमा अन्य जिल्लाबाट मौरी चराउन आउने किसानले वार्षिक तीन करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने गरेको बताए । ‘सर्लाही, दाङलगायतका जिल्लाबाट मौरी…
Read More
देवघाट धाममा शक्तिको आडमा २७ बिगाह जग्गा अतिक्रमण

देवघाट धाममा शक्तिको आडमा २७ बिगाह जग्गा अतिक्रमण

चितवन ०७ जेठ ।  पवित्र तिर्थस्थल देवघाटको चितवन तर्फको पर्ने क्षेत्र अहिले पनि वनको नाममा रहेको छ । जहाँ अहिले २७ बिगाह भन्दा वढि जग्गा अतिक्रमण भई सकेको छ । जिल्ला वन कार्यालय चितवनका अनुसार सो क्षेत्रमा अहिले पनि अतिक्रमणको कार्य रोकीएको छैन । सो क्षेत्र ऐलानी भएकाले मठमन्दिरको नाममा अतिक्रमण भएको छ । पहुँचका आधारमा वन क्षेत्र मासेर धमाधम भौतिक संरचनाहरु निर्माण गरिएको छ । अहिले सो क्षेत्रमा आश्रम, कुटि र कल्पबासका नाम दिएर ठूला ठूला भौतिक संरचनाहरु वनेका छन् । राष्ट्रिपतीका परिवार सहित पूर्ब प्रधानन्याधिस, पूर्ब मन्त्री एबं पूर्ब सचिबहरुले बिभिन्न नाममा कुटि, कल्पबास र आश्रम निर्माण गर्दै…
Read More
मन्त्री ढुंगेलद्धारा निर्माणधीन  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

मन्त्री ढुंगेलद्धारा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

चितवन, ०६ जेठ । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणधीन अवस्थाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ । मन्त्री ढुंगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योगी डाक्टर तिलचन्द्र भट्टराई सहितको टोलीले निर्माणाधीन रंगशाला निरीक्षण गर्नुभएको हो । निर्माणधीन रंगशालाको बारेमा मन्त्री ढुंगेललाई धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि चन्द्र खड्का तथा क्युरेटर कमल पाण्डेले जानकारी दिनुभएको थियो । रंगशाला निरीक्षणको अवसरमा मन्त्री ढुंगेलले चितवनमा निर्माण भइरहेको सो रंगशाला प्रदेश ३ को मात्रै नभएर नेपालकै सान भएको बताउनुभयो । रंगशाला निर्माणका लागि प्रदेश सरकारको भूमिकाअनुसार…
Read More
मासु व्यवसायीसंग नगरपालिकाको अन्र्तक्रिया

मासु व्यवसायीसंग नगरपालिकाको अन्र्तक्रिया

जेष्ठ ६ गते । खैरहनी नगरपालिका भित्र मासु व्यवसाय गर्ने व्यवसायीहरुसंग नगरपालिकाले सोमवार अन्र्तक्रिया कार्यक्रम गरेको छ । नगरवासीलाई स्वच्छ मासु उपभोग गराउने उदेश्यका साथ खैरहनी नगरपालिकाले यहाँका व्यवसायीहरुसंग अन्र्तक्रिया गरी उनीहरुको समस्या समेत लिएको छ । कार्यक्रममा खैरहनीका मेयर लालमणी चौधरीले मानव स्वास्थ्यलाई ध्यानमा दिदै स्वस्थ मासु विक्री वितरण गर्न आग्रह गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार पहिलो चरणमा अनुगमन गरि सचेतनाका लागि व्यवसायीहरुसंग अन्र्तक्रिया गरिएको र दोश्रो चरणमा अनुगमन गर्दा कमजोरी फेला परे कारवाही प्रक्रिया अघि वढाईने वताए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले खाद्यको गुणस्तर, कमजोर पाईए…
Read More
गोन्द्राङ घटनामा मेरो संलग्नता छैन : सांसद खनाल (विज्ञप्तिसहित)

गोन्द्राङ घटनामा मेरो संलग्नता छैन : सांसद खनाल (विज्ञप्तिसहित)

रामु आचार्य । चितवन ६ जेठ । चितवनको भरतपुर महानगरपालिका गोन्द्राङमा रहेको ढाटमा भएको आगजनी घटनामा आफ्नो नाम मुछेर अनावश्यक अर्नगल प्रचार गरिएको भन्दै प्रदेश सांसद कृष्ण खनालले आपत्ती जनाएका छन् । खनालले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्दै सांसदको संलग्नतामा ढाटमा आगजनी भएको प्रहरीमाथि आगजनी भएको भन्दै प्रचार गरिएको भन्दै आपत्ती जनाएका हुन् । जारी विज्ञप्तिमा दासढुङगामा भएको कार्यक्रम सकेर रत्ननगर घरमा जाने क्रममा ढाटमा भेला भएका भिडले जनप्रतिनिधिले बोल्नु पर्ने भन्दै रोकेपछि आफू त्यहा रहेको जनाएको छ । भरतपुर सदरमुकाम आउने जाने क्रममा ढाटमा रहेको कर्मचारीले पटकपटक शुल्क लिएर दुःख दिएको भन्दै हटाउन माग गरिएको थियो । सोही…
Read More
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा रत्ननगरमा सङ्गीत उत्सव

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा रत्ननगरमा सङ्गीत उत्सव

चितवन ६ जेठ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागद्धारा यहि जेठ १० गते शुक्रवार चितवनको रत्ननगर नगरपालिका स्थित सौराहा चोकमा रहेको होटल गंगोत्रीको सभाहलमा विभिन्न भाषाभाषिका लोकगीतहरुको प्रस्तुती सहित उत्सव आयोजना हुने भएको छ । कार्यक्रममा लोप हुन लागेका सवै भाषा–भाषिका गीत सङ्गीत र परम्परालाई उत्थान र जगेर्ना गर्ने विश्वास लिएको छ । यस कार्यक्रमले भावि पुस्तालाई समेत यसको महिमा र महत्वलाई बुझाउने र आफ्नो संस्कृति प्रतिको पहिचान विस्तार गर्न यो कार्यक्रमले थप टेवा पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ । कार्यक्रममा रत्ननगर नगरपालिका प्रवक्त एवं संस्कृतिकर्मी राजेन्द्र हमालले सहजीकरण गर्नु भएको छ । त्यस्तै कार्यक्रममा…
Read More
रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिको रिहाईको माग

रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिको रिहाईको माग

चितवन, ६ जेठ । विना कारण पक्राउ परेका रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिको रिहाईको माग गरिएको छ । रेवानका वरिष्ट उपाध्यक्ष दिपेन्द्रप्रसाद खतिवडाले एक विज्ञप्ती जारी गर्दै गोन्द्राङ ढाड काण्डमा कुनै पनि संलग्नता नरहेको भन्दै रिहाईको माग गरेका हुन् । विज्ञप्तीमा घटनामा घाइते हुनुभएकी प्रहरी सहायक निरिक्षक कल्पडा खड्काको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। भने प्रहरीले दोषी भनिएकालाई भने हालसम्म पक्राउ गन सकेको छैन् । विज्ञप्तीमा भनिएको छ मिति २०७६ जेष्ठ ०३ गतेका दिन विहान १०ः३० वजे भरतपुर महानगरपालिका स्थित लाईम एण्ड लेमन रेष्टुरेण्टको उद्घाटन कार्यक्रममा सहभागी भई फर्कने क्रममा पुर्वपश्चिम राजमार्ग अन्र्तगत पर्ने भरतपुरको गोन्द्राङ्गको सडक कर संकलन…
Read More
२ करोड लगानीमा वन्यजन्तु अस्पताल,उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन

२ करोड लगानीमा वन्यजन्तु अस्पताल,उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन

चितवन,५ जेठ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ । अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि अस्पतालमा उपकरण ल्याउन ढिलाइ हुँदा भवन प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको रु दुई करोड ४६ लाख सहयोगमा अस्पतालको भवन निर्माण भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले भवन बनाइसकेकाले अबको स्वामित्व निकुञ्ज विभागको हुने डा लामिछानले बताउनुभयो । उपकरण खरीद गर्ने कामदेखि व्यवस्थापनको पाटो निकुञ्ज विभागले गर्ने र…
Read More
देवघाटमा दाहसंस्कारको फोहोर नदीमा फाल्न रोक

देवघाटमा दाहसंस्कारको फोहोर नदीमा फाल्न रोक

चितवन ५ बैशाख । पवित्र तीर्थस्थल देवघाट धाममा अन्त्येष्टि गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दिन आठ वटा शव अन्त्येष्टिका लागि देवघाट ल्याइने गरिन्छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शवदाह गरेपछि मृतकले प्रयोग गरेका कपडा, औषधि,गुन्द्री, किरिया पुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरिएका बाँसलगायत सामाग्री नदीमा नफाल्न र निर्धा्रित स्थानमा सार्वजनिक रुपमा माइकिङ गर्न थालिएको छ । तोकेर ती फोहर राख्न माइकिङमार्फत सूचना गर्न थालिएको छ । उहाँले ती स्थानमा फोहर सङ्कलनका लागि भरतपुर महानगरपालिकासँग कन्टेनर माग गरिएको बताउनुभयो । सङ्कलित फोहरलाई हरेक हप्ता महानगरपालिकाको फोहर…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.