प्रदेश

भोलि पुर्वी र पश्चिम चितवनमा विधुत आपुर्ती वन्द हुने

भोलि पुर्वी र पश्चिम चितवनमा विधुत आपुर्ती वन्द हुने

चितवन २४ जेठ । भोलि पुर्वी चितवनमा विधुत आपुर्ती वन्द हुने भएको छ । भरतपुर महानगरपालिका बाईपास सडकमा भएको विधुतीय संरचना स्तान्तरण गर्नु पर्ने भएकोले ३३∕११ के.भी चनौली र ३३∕११ के.भी पर्साको लाईन सटडाउन गर्नु पर्ने भएकोले भोलि शनिवार विहान ९ वजे देखी वेलुका ५ वजे सम्म चनौली र पर्सावाट वितरण भएको विधुत आपुर्ती वन्द रहेने भरतपुर वितरण केन्द्रले एक सुचना निकालि जानकारी दिएको छ ।
Read More
चितवनको सुरक्षाको लागि कसैको दबाबमा पर्दिन : एसपी मल्ल

चितवनको सुरक्षाको लागि कसैको दबाबमा पर्दिन : एसपी मल्ल

चितवन, २१ जेठ । पुर्वी चितवनको रत्ननगरमा रहेको सामुदायिक रेडियो, रेडियो अर्पण १०४.५ मेगाहर्जले हाले सरूवा आउनु भएका चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एस.पी) दानबहादुर मल्ललाई आज स्वागत गरेको छ । रेडियोको सभाहलका आयोजित स्वागत कार्यक्रममा रेडियोका अध्यक्ष मेघनाथ पौडेलले र उपाध्यक्ष यमन भुसालले स्वागत गर्नु भएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक मल्ले नागरिकको शान्ति सुरक्षाका लागि आफुले कुनै कसर बाकी नराख्ने बताए । मल्लले चितवनमा प्रहरीको जनशति कम भएका भए पनि नागरिकको सुरक्षामा कमि हुन नदिने वताउनु भएको छ । चितवन र त्यस्मा पनि पुर्वी चितवनमा ट्राफिक प्रहरी अभाव र आवश्यक्ता रहेको बताउदै समस्या समाधानका लागि आफुले पहल गरिसकेको…
Read More
चितवनको रत्ननगरमा विपद् व्यवस्थापन तालिम सुरु

चितवनको रत्ननगरमा विपद् व्यवस्थापन तालिम सुरु

रत्ननगर २१ जेठ । रत्ननगरको सौराहामा चार दिने सामुदायिक विपद् व्यवस्थापन तालिम सुरु भएको छ । रत्ननगर नगरपालिका वडा नं ५,६ र ७ को सहयोगमा नेपाली सेना श्री नं २ गणले आयोजना गरेको सो तालिमको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका थिए । सो अबसरमा उनले विपद् पूर्व गर्नुपर्ने तयारी र विपद् पछि गर्नुपर्ने कामका लागि नगर भित्र खोज तथा उद्दार टोल बनाउने बताए । विपद्को बेला सम्भावित जोखिम न्यूनीकरणको लागि नगरपालिकाले युवाहरुलाई तालिम र उद्दार सामाग्रीको व्यवस्थापन गर्ने बताए । कार्यक्रममा विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं ६ का वडा अध्यक्ष बलराम दाहालले समुदाय स्तरमा विपद् जोखिम…
Read More

मेयर कपको पहिलो खेलनै स्थगित

चितवन १६ जेष्ठ। चितवनको खैरहनीमा विहीवारदेखी दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिका र युवा स्वर्ण तारा क्लवको सयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मेयर चौधरीले नगरपालिकाले शिक्षा,स्वास्थ्य,खेलकुदलाई समानान्तर विकास गर्दै आएको वताए । उनले मेयरकपबाट उत्कृष्ठ खेलाडी छनौट गरेर प्रशिक्षण दिई नगरस्तरीय टिम वनाउने योजना रहेको सुनाए । नगरको सवै वडाहरुमा विभिन्न खेलकुद प्रतियोगिता गरेर खेलाडीहरुलाई प्रोत्साहन गर्दै आएको समेत मेयर चौधरीले वताए । चालु आर्थिक वर्षमा खैरहनी २ स्थित जनजीवन मावी र खैरहनी १० स्थित कठार माविको खेल मैदान व्यवस्थापन गरिएको…
Read More
सीप सिकेका महिलालाई उद्यमशिलता तालिम

सीप सिकेका महिलालाई उद्यमशिलता तालिम

चितवन १६ जेष्ठ। सीप सिकेर बसेका रत्ननगरका महिलाहरुलाई उद्यमी बनाउन उद्यमशिलता विकास तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा नारी जागरण केन्द्रले आयोजना गरेको सो तालिममा २३ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै मेयर नारायण वनले मेयरसंग उद्यमशिलता कार्यक्रम कार्यान्वनको अन्तिम चरणमा रहेको भन्दै सो कार्यक्रम मार्फत नगर भित्रका अधिकाँस महिलालाई व्यवसाय मुखी बनाउने बताए । केन्द्रकी अध्यक्ष सपना बोहोराले आर्थिक संलग्नताका लागि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन । चार दिने सो तालिममा केन्द्रकी महासचिव विष्णुकुमारी आचार्य र विमला खनालले व्यवसायिक योजना,निर्णय प्रक्रिया,बजार प्रर्बद्धन र पूजिलगानी लगायतको विषयमा प्रशिक्षण दिएका छन ।…
Read More
निर्माणधिन क्रिकेट रंगशालाको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ

निर्माणधिन क्रिकेट रंगशालाको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ

चितवन,१६ जेठ । रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई गएराती पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन् । बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए । यस घटनाको चौतर्फी बिरोध समेत भईरहेको छ ।
Read More
नेपाल प्रेस युनियन चितवनको रजत वर्षको सुभारम्भ

नेपाल प्रेस युनियन चितवनको रजत वर्षको सुभारम्भ

चितवन, १३ जेठ । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनले आफ्नो स्थापनाको २५औँ वर्ष गाँठको अवसर पारेर रजत वर्षको शुभारम्भ गरेको छ । आज बिहान भरतपुरको चौबिसकोठीदेखि पुलचोकसम्म वाकाथुन गर्दै प्रेस युनियनले आफ्नो रजत वर्षको शुभारम्भ गरेको हो । चौबिसकोठीदेखि देखि पुलचोकसम्म आयोनजा गरिएको सो वाकाथुनमा प्रदेशसभा सदस्य, चितवनका प्रमुख जिल्ला अधिकारी, चितवनका प्रहरी प्रमुख, पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा चिकित्कसहरु समेत सहभागी थिए । मानिस स्वस्थ रहनका लागि पसिना निस्कने गरी हरेक दिन हिँड्नुपर्ने भन्दै सो वाकाथुन आयोना गरिएको थियो । नेपाल प्रेस युनियन चितवन शाखाले आफ्नो रजत वर्षको अवसर पारेर वर्षभरि नै…
Read More
४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा, चितवनमा दानबहादुर मल्ल

४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा, चितवनमा दानबहादुर मल्ल

चितवन, १२ जेठ । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरिक्षक(एसपी) को सरुवा गरेको छ । जस अनुसार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको कमाण्डमा खटिएका दानबहादुर मल्लको चितवन, आइजीपीको सचिवालयमा रहेका दानबहादुर कार्कीको जिल्ला प्रहरी कार्यालय कास्की, र सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएर पटकपटक चितवन आएका उपरीक्षक मल्लले त्यसअघि प्रहरी निरीक्षकका रुपमा चितवनलाई कर्मथलो बनाइसकेका छन् । ६ वर्षभन्दा बढी विशिष्ठ व्यक्तिको सुरक्षागार्ड भएर काम गरेका प्रहरी हुन् दानबहादुर मल्ल । २०५५ सालदेखि नेपाल प्रहरीमा कार्यरत मल्लले विशिष्ठ अधिकारीको सुरक्षामा खटिएका बेला गुप्तचर निकायले गर्ने काम पनि गरे । आफ्नो…
Read More
चितवनको कालिकामा चोरको आक्रमणबाट एकजनाको मृत्यु

चितवनको कालिकामा चोरको आक्रमणबाट एकजनाको मृत्यु

शिशिर सिंखडा चितवन १२ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा चोरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको चोरको आक्रमणबाट मृत्यु भएको हो । बिहान ६ बजेसम्म बुबा नउठे पछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको मृतकका छोरा सुमन श्रेष्ठले बताए । बेलुका ८ः३० बजेसम्म बुबासंग कुरा भएको र बेलुका खानाखान ढिलो हुने बताएपछि आफूहरुले खाना खाई घरको माथिल्लो तलामा सुतेको उनले बताए । “बुबा सधै भुँइतलामा सुत्नुहुन्थ्यो” उनले भने “बेलुका ८ बजेतिर बुबा घरबाट बाहिर निस्कनु भएको थियो ।” आउने ढिला हुने भनेपछि घरका सबै ढोकाहरु बन्द गरी अगाडिको…
Read More
खैरहनीमा वृद्धवृद्धालाई सम्मान

खैरहनीमा वृद्धवृद्धालाई सम्मान

चितवन ११ जेठ । खैरहनी नगरपालिका–१३ नम्वर वडा कार्यालयले वडाभित्रका ६० जना वृद्धवृद्धालाई सम्मान गरेको छ ।वडा कार्यालयमा शनिवार एक कार्यक्रमकाबीच खैरहनी नगरपालिका प्रशासकिय अधिकृत प्रकाश चन्द्र पौडेल ,खैरहनी ७ का वडा अध्यक्ष एवं समाजिक विकाश समितिका संयोजक मेनेजर चौधरी र वडाध्यक्ष वालकुमार उप्रेतीले वृद्धावृद्धालाई सम्मान गर्नु भएको थियो । वृद्धवृद्धालाई नगद ८ सय २५,गुलकुच ,क्यान जुस र दोसल्ला ओडायर सम्मान गरिएकोे वडाध्यक्ष उप्रेतिले बताए । कार्यक्रममा खैरहनी नगरपालिका प्रशासकिय अधिकृत प्रकाश चन्द्र पौडेल प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै कार्यक्रममा खैरहनी नगरपालिकाका समाजिक विकाश समितिका संयोजक मेनेजर चौधरी, खैरहनी १३ का वडा सदस्य जिवन कार्की । त्यस्तै नगरपालिकाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.