प्रदेश

मिर्गौला पीडित वुद्धमायालाई आर्थिक सहयोग हस्तान्तरण

मिर्गौला पीडित वुद्धमायालाई आर्थिक सहयोग हस्तान्तरण

चितवन २ असार । चितवनको रत्ननगर नगरपालिका १४ पिठुवाकी मिगौला पीडित एक महिलालाई सोमवार आर्थिक सहयोग गरिएको छ । जापानमा रहेका नेपालीहरुले संकलन गरेर पठाएको ७६ हजार ५० रुपैया मिगौला पीडित वुद्धमाया थापा मगरको उपचारका लागि सहयोग गरिएको हो । रत्ननगर नगरपालिका वडा नम्वर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सो रकम हस्तान्तरण गरिएको थियो । जापानमा रहेका रामशरण न्यौपानेले त्यहाँ कार्यरत २८ जना नेपालीहरुसंग सहयोग जुटाएर खैरहनीका समाजसेवी मुरली प्रसाद गजुरेल मार्फत सो रकम पठाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर १४ का वडाध्यक्ष हरिकुमार श्रेष्ठले विदेशमा रहेर पनि नेपालीलाई परेको समस्यामा सहयोग गरेकोमा…
Read More
राप्तीका तरकारी संकलन केन्द्र अनुगमन

राप्तीका तरकारी संकलन केन्द्र अनुगमन

चितवन २ असार । चितवनको राप्ती नगरपालिकामा नेपाल सरकारको सहयोग निर्माण भईरहेको तरकारी तथा फलफुल संकलन केन्द्रहरु अनुगमन गरिएको छ । राप्ती नगरपालिकाकी मेयर प्रभा वरालको नेतृत्वमा नगरपालिका तथा जिल्ला सहकारी संघका प्रतिनिधीको उपस्थितीमा निर्माणाधिन संकलन केन्द्रको सोमवार अनुगमन गरिएको हो । राप्ती नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेका अनुसार नगरको साना किसान कृषि सहकारी संस्था पिप्ले,साना किसान कृषि सहकारी संस्था वीरेन्द्रनगरले तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण गरिरहेको छन् भने साना किसान कृषि सहकारी संस्था भण्डारा र जनजागृती हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाले केही समयपछि निर्माण सुरु गर्दैछन् । निर्माणाधिन संकलन केन्द्रको मेयर वराल,उपमेयर इमानसिंह लामा,प्रमुख…
Read More
चितवनमा अभिनेत्री तथा निर्मात्री केसी सम्मानित

चितवनमा अभिनेत्री तथा निर्मात्री केसी सम्मानित

चितवन १ असार । नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री तथा निर्मात्री रोशनी केसी चितवनमा सम्मानित भएकी छिन् । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सवको अवसरमा अभिनेत्री तथा निर्मात्री रोशनी केसीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान सहित फिल्म निर्माणको मध्यमबाट सामाजिक रुपमा सचेतना जगाई आम दर्शकमा सकारात्मक संदेश प्रवाह गरेको भन्दै चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की "लक्की" ले केसीलाई सम्मान गरेका थिए । अभिनेत्री तथा निर्मात्री केसीलाई सम्मान गर्न पाउदा खुशी लागेको चितवन…
Read More
मतपत्र च्यातिएको काण्डमा मुछिएका मधु र द्रोणबाबु चितवन अदालतद्धारा दोषी ठहर

मतपत्र च्यातिएको काण्डमा मुछिएका मधु र द्रोणबाबु चितवन अदालतद्धारा दोषी ठहर

चितवन, ३० जेठ । भरतपुर मतपत्र च्यातिएको काण्डमा मुछिएका मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई चितवन अदालतले दोषी ठहर गरेको छ । चितवन जिल्ला अदालतले आज गरेको बहसले असार ५ गते कार्वाही फौसला गर्ने गरि दोषी ठहर गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणिले जानकारी दिए । स्थानीय तह निर्वाचनका बेलामा मतगणना भइरहँदा मतपत्र च्यातिएको घटना भएको थियो । जिल्ला न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले कसुर ठहर हुने आदेश गरेको श्रेस्तेदार गिरीले बताए । सिवाकोटी र न्यौपानेको तर्फबाट बहस गरेका अधिवक्ता गोपीलाल देवकोटाका अनुसार यो मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैदको सजाय माग गरेको छ । निर्वाचन कसुर…
Read More

कृषि उत्पादनको विकास सम्बन्धि गोष्ठी चितवनमा

चितवन ३० जेठ । नेपाल लाइभस्टक सेन्टर ईनोभेसन आयोजना, विकेन्द्रीत आयोजना सहयोग इकाई हेटौडा, मकवानपुरको आयोजनामा आज चितवनको रत्ननगरमा स्थानीय स्तरमा आयोजनाको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा प्रदेश नं. ३ का चितवन, मकवानपुर, ललितपुर र काभ्रेका जिल्लाका किसानहरुको सहभागी रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. विमल कुमार निर्मल रहनु भएको थियो । सो गोष्ठीमा विभिन्न ५ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । भने विकेन्द्रीत आयोजना सहयोग इकाई हेटौडाका वरिष्ठ पशु विकास अधिकृत डा. सुरेन्द्र यादवले स्वागत मन्तव्य राख्नु भएको थियो ।
Read More
पुर्वी चितवनमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी वन्दै

पुर्वी चितवनमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी वन्दै

रत्ननगर ३० जेठ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गरेका छन।यो अभियान देशैभर एकैसाथ लागु भएको छ । अभियान सञ्चाल संगै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारी लक्ष्य प्राप्त गर्न सहयोगी बन्ने विश्वास व्यक्त गरिएको छ । गृह प्रशासन सुधार योजना, कानूनी प्रावधान र गृह मन्त्रालयले ल्यएको ८२ बुँदे अवधारणालाई समेत आत्मसात् गरी उक्त अवधारणा प्रहरीले अघि सारेर अभियानलाई सञ्चालन गर्दै आएका छन । यसै अभियानलाई यति वेला ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले प्रभावकारी…
Read More
रत्ननगर नगरपालिकाद्धारा ध्वनि सूचना पाटी सुरू

रत्ननगर नगरपालिकाद्धारा ध्वनि सूचना पाटी सुरू

चितवन ३० जेठ । रत्ननगर नगरपालिकाले ध्वनि सूचना पाटी (अडियो नोटिस बोर्ड) सुरू गरेको छ । सूचना प्रबिधि मार्फत विद्युतिय सुशासन कायम गर्न रत्ननगर नगरपालिकाले अडियो नोटिस बोड सेवा सुचारु गरेको छ| नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले सुरू गरिएको ध्वनि सूचना पाटीमार्फत नगरपालिकाका हरेक सूचनाहरु सरोकारवालाहरुले आवाजमार्फत सुन्न सक्नेछन् । सूचनाका लागि १६१८०५६५६०५२९ नम्बर डायल गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जाल र पत्रपत्रिकाको पहुँचबाट टाढा रहेका नगरवासी नगरपालिका कार्यालयसम्म नपुगी सूचना थाहा पाउन ध्वनि सूचना पाटीले सहयोग पुग्ने नगरपालिकाका मेयर नारायण बनले जानकारी दिए । नगरपालिकाले यसअघि अनलाइन घरनक्सा पास (EBPS), सम्पूर्ण वडामा अनलाइन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा, ४०…
Read More
चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा

चितवन दूधमा आत्मनिर्भर जिल्ला घोषणा

चितवन, २९ जेठ । जिल्लामा आवश्यक पर्ने भन्दा बढी दूध उत्पादन भएर अन्य जिल्लामा समेत दूध निर्यात गर्दै आएको चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको छ । चितवनको रत्ननगरमा आयोजित चितवन दूधमा आत्मनिर्भर घोषणा कार्यक्रममा प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवनलाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेका हुन् । चितवन दूधमा आत्मनिर्भर घोषणासँगै मन्त्री लामाले दूधमा आत्मनिर्भर घोषणाको प्रमाणपत्र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु चिकित्कस डाक्टर विजयकुमार श्रेष्ठलाई प्रदान गरे । चितवनमा वार्षिक रुपमा प्रतिव्यक्ति आवश्यकताभन्दा ७८ लिटर दूध बढी उत्पादन हुने भएकाले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गरिएको हो…
Read More
नेपाल माध्यामिक विधालयमा नमुना भवन शिलान्यास कार्यक्रम सम्पन्न

नेपाल माध्यामिक विधालयमा नमुना भवन शिलान्यास कार्यक्रम सम्पन्न

रत्ननगर २९ जेठ । पुर्वी चितवनको जेठो शैक्षिक संस्था नेपाल माध्यामिक विधालयमा आज नमुना भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भवन शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं पुर्व अर्थ मन्त्री माननीय सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहनुभएको थियो । कायक्रममा प्रदेश नम्वर ३का प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल, ,कन्चन खनाल , जिल्ला समन्वय समितिका संयोजक कृष्ण कुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन लगायतले वोल्नु भएको थियो । कार्यक्रम रत्ननगर २ का वडा अध्यक्ष तिलक राज शर्मा पौडेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Read More
रत्ननगर २९ जेठ । रत्ननगर नगरपालिकामा एक बर्ष यता सार्वजनिक जग्गा संरक्षणको काम रोकिएको छ । स्थानीय तहको निर्वाचन पछि तिब्र रुपमा भएको सार्वजनिक जग्गा संरक्षणको काम प्राविधिक त्रुटीका कारण रोकिएको थियो । बुधवार आयोजना गरिएको आर्थिक २०७५÷०७६ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले सार्वजनिक जग्गा संरक्षणको विषयमा चासो व्यक्त गरेका छन । मेयर साव सार्वजनिक जग्गा संरक्षणको काम किन रोकियो भन्दै प्रश्न माथी प्रश्न गरेका छन । सार्वजनिक जग्गा संरक्षणको काम किन रोकियो प्रश्न गर्दै उनीहरुले भने तपाई सक्रिय भएर लाग्नु होस साथ हामी दिन तयार छौं । उनीहरुले सार्वजनिक जग्गा संरक्षणको कामलाई निरन्तता दिन पनि मेयर नारायण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.