प्रदेश

साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन

साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारकाक्रममा साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका छन् । उनले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारबाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारबाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ’–उनले भने । उपचारकाक्रममा वीर अस्पतलामा भर्ना भइ शय्यामा रहँदा चौधरीलाई साङ्लो लगाइएको थियो । रासस
Read More
स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम

स्थापना दिवसको अवसरमा सरसफाइ कार्यक्रम

चितवन : राप्ती नगरपालिका वडा न ४ स्थित डडुवा बसपार्कमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन राप्ती नगर कमिटीले ४० औं स्थापना दिवसको अवसरमा आज सरसाई सम्पन्न गरेको हो ।संगठनका अध्यक्ष प्रकाश सिंखडा सभापति रहनु भएको सो कार्यक्रममा राप्ती(४ का वडा अध्यक्ष समशेर लामा प्रमुख अतिथी, केन्द्रिय संगठनका उप महासचिव केशव थापा बिशिस्ट अतिथि, भरतपुर महनगर कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।   औपचारिक कार्यक्रम समापन पश्चात् डडुवा बसपार्क क्षेत्र यातायात मजदुरहरुले सरसफाइ गरेका थिए।
Read More
बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध, तीनवटा जेनेरेटर पुरियो

बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध, तीनवटा जेनेरेटर पुरियो

माडी–ठोरी सडक अवरुद्ध चितवन ७ असार । बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो । बिहान साढे ८ बजेदेखि सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । सो खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ । बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उहाँले बताउनुभयो । (रासस)
Read More
भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते

भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते

चितवन,७ असार । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ भतेरीमा गएराती दुई यात्रुबाहक बस एक आपसमा ठक्कर खाँदा २० जना घाईते भएका छन् । काठमाण्डौबाट बर्दियाको गुलरिया तर्फ जाँदै गरेको ना.७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदेै गरेको ना. ५ ख ३०९९ नम्बरको अर्को बस आपसमा ठक्कर खाएका हुन् । घाईते मध्ये ४ जनाको भरतपुर अस्पताल र १६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
Read More
बाघमारा वनमा काग्रेसकाे वहुमत, विजयीहरुलाई सपथ ग्रहण

बाघमारा वनमा काग्रेसकाे वहुमत, विजयीहरुलाई सपथ ग्रहण

चितवन ७ असार । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको वुधवार भएको निर्वाचनमा विजयीहरुले शुक्रवार सपथ ग्रहण गरेका छन । विजयीहुनेहरुमा सौराहा टोलका संयोजक बाबुराम महत्तो, ओद्रा टोलका संयोजक जित बहादुर तमाङ, लौखनी टोलका संयोजक कृष्ण भट्ट, माल्पुर टोलका संयोजक वीर बहादुर तमाङ, सीसुवार टोलका संयोजक चित्रा महत्तो , बद्रहनि टोलका संयोजक आशाराम तमाङ , बाघमारा टोलका संयोजक दल बहादुर कुमाल , मैना टोलका संयोजक जंगीलाल चौधरी , पडरिया टोलका संयोजक रामसिंह महत्तो निर्वाचित हुनु भएको थियो । जम्मा ९ टोल रहेको वनको क्षेत्रमा नेपाली काग्रेसका ५ र नेकपाका ४ जना संयोजकमा निर्वाचित भएका हुन । विजयीहरुलाई मृगकुञ्ज मध्यवर्ती उपभोत्ता…
Read More
पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा  चितवनमा योग शिविर हुने

पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा चितवनमा योग शिविर हुने

चितवन,४ असार । पाँचौँ अन्तर्राष्टिय योग दिवसको अवसरमा चितवनको भरतपुरमा असार ६ गते योग शिविर हुने भएको छ । पतञ्जली योग समिति चितवनको आयोजनामा हुने शिविरको नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । असार ६ गते हुने योग शिविर जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा हुनेछ । शिविरको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा प्रचाप्रसार समितिका संयोजक टंकनाथ पौडेलले बिहान ५ देखि ७ बजेसम्म शिविर सञ्चालन हुने बताउनुभयो । चितवनलाई योगमय बनाउने कार्यमा पतञ्जली योग समिति चितवन लागेको उहाँको भनाइ थियो । पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समिति चितवनका संयोजक ज्ञानेन्द्रविक्रम महतले शिविरमा राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधिहरु, उद्योगी,…
Read More
सिद्धिका मौरीपालक चेपाङलाई तालिम

सिद्धिका मौरीपालक चेपाङलाई तालिम

चितवन ३ असार । व्यवसायिक रुपमा मौरीपालन सुरु गरेका कालिका नगरपालिका सिद्धिका चेपाङ युवाहरुलाई लक्षित गर्दै मंगलवारदेखी मौरीपालन सम्वन्धी तालिम सुरु भएको छ । प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजना संचालन गर्दै आईरहेको सपना भिलेज सोसियल इम्प्याक्टको आयोजनामा पाँच दिने तालिम सुरु भएको हो । सपना भिलेज र कालिका नगरपालिकाले दुई चरणमा यहाँका १० जना युवाहरुलाई २०,२० घार मौरीसहित अनुदान दिएको थियो । त्यो वाहेक उनीहरुले स्वयमले थप १० घार मौरी आफैले खरिद गरेका छन् । मौरीपालनलाई व्यवसायिकरण गराउन तालिमले सहयोग पुग्ने भएकाले अभ्यास सहितको तालिम दिईएको सपना भिलेज सोसियल इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन वस्नेतले जानकारी दिए…
Read More
खैरहनीमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, ११३ जनालाई रोजगारी दिईदै

खैरहनीमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, ११३ जनालाई रोजगारी दिईदै

चितवन ३ असार। चितवनको खैरहनी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको मंगलवार शुभारम्भ गरेको छ । नगरको वडा नम्वर १ बाट रोजगार कार्यक्रमको सुरुवात गरिएको हो । खैरहनीका मेयर लालमणी चौधरीले वेरोजगारको सुचीमा नाम दर्ता गराएकालाई हाते सामाग्री हस्तान्तरण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरे । वडा नम्वर १ का ७ जनाले पहिलो चरणमा सार्वजनिक जग्गामा फलफुलका विरुवा वृक्षारोपणका लागि काम गर्नेछन् । रोजगार कार्यक्रमको सुरुवात गर्दै खैरहनीका मेयर चौधरीले मानविय श्रोत साधनले सम्भव हुने विकास निर्माण काममा ठुलो मेसिनलाई विस्थापित गरिने वताए । साथै मेयर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार भएकाहरुलाई थोरै भएपनि राहत मिल्ने विश्वास व्यक्त गरे । नगरपालिकाले वातावरण…
Read More
प्रधानमन्त्री रोजगार कार्यक्रम : रत्ननगरमा ६० जनालाई दिइयो काम

प्रधानमन्त्री रोजगार कार्यक्रम : रत्ननगरमा ६० जनालाई दिइयो काम

चितवन २ असार । रत्ननगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । सो कार्यक्रम अन्तर्गत रत्ननगर नगरपालिकाले पहिलो चरणमा ६० जनालाई काममा लगाएको छ । काममा लगाएका ६० जना मध्य ५० जना महिला रहेका छन । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले वडा नं १६ स्थित भूतियामा आयोजित एक कार्यक्रममा कामदारलाई बेल्चा र तगारी दिएर नगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गरेका थिए । सो अबसरमा मेयर वनले कामको खोजिमा भौतारिनु पर्ने अबस्थाको अन्त्य भएको बताए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात संगै काम गर्ने र रोजगार बन्ने समय आएको बताए । विदेशमा युवा पलायन रोक्न र स्वदेशमा रोजगारी सृजना गर्न…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.