प्रदेश

चेपाङ महिलाहरुको पांच दिने तालिम सम्पन्न

चेपाङ महिलाहरुको पांच दिने तालिम सम्पन्न

    रामु आचार्य २३ श्रावण ,चितवन अण्डेफ को सहयोगमा डेक नेपाल द्वारा आयोजित लैङ्गिक उत्तरदायी सामाजिक जवाफदेहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सौराहामा पूर्व संबिधान सभा सदस्य गोविन्दराम चेपाङको अध्यक्षतामा सम्पन्न भएको छ ।   इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाका २० जना चेपाङ महिलाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा लैङ्गिक समता, समानता, अधिकार, सुशासन, सामाजिक जवाफदेहिता लगाएतका बिषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।     पांच दिन सम्म चलेको कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ डेक नेपालकी अध्यक्ष शिखा श्रेष्ठ , सुशासन विज्ञ साप नेपालका कार्यकारी निर्देशक नरेन्द्र प्रसाद जोशी, कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी , डेक नेपालका…
Read More
सौराहामा चेपाङ महिलाहरुलाई तालिम

सौराहामा चेपाङ महिलाहरुलाई तालिम

श्रावण १९, चितवन अन्डेफको सहयोगमा डेक नेपालले पुन : चेपाङ महिला सशक्तिकरण परियोजना सुरु गरेको छ । वि. सं. २०७२ सालमा पहिलो पटक सुरु भएको चेपाङ महिला सशक्तिकरण परियोजना करिव साढे दुई बर्ष चलेको थियो र सो परियोजनाले समग्र चेपाङ समुदायमा सकारात्मक परिवर्तन ल्याउन सफल भए पछि पुन : अण्डेफ़ले सहयोग गरेको हो । हाल चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका मा यो परियोजना सुरु भएको छ । परियोजना अन्तर्गत डेक नेपालको सौराहा स्थित कार्यालयमा चेपाङ महिलाहरुका लागि पाँच दिने क्षमता विकास तालिम आज बाट सुरु भएको छ । तालिममा स्थानीय श्रोत व्यक्तिको रुपमा छनौट भएका २० जना चेपाङ महिलाहरुको…
Read More
नि:शुल्क मिटर बक्सले विपन्न मुसहरमा छायो खुसी

नि:शुल्क मिटर बक्सले विपन्न मुसहरमा छायो खुसी

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ का अति विपन्न मुसहर समुदायलाई बुधवार नि:शुल्क विजुलीको मिटर बक्स वितरण गरिएको छ । नेपाल विद्युत प्राधिकरणले सो वडा अन्तर्गतको सिसुवारमा रहेका २३ घरधुरीलाई नि:शुल्क मिटर बक्स उपलब्ध गराएको हो । नि:शुल्क मिटर बक्स पाएपछि मुसहर समुदायमा खुसी छाएको छ । विजुलीको लागि आवश्यक पर्ने तार भने बाघमारा मध्यवर्ती सामुदायिक वनले प्रदान गरेको छ । वडा कार्यालयको समन्वयमा प्राविधिरणले सीमान्तकृत मुसहर समुदायलाई नि:शुल्क मिटर बक्स वितरण गरेको हो । बाघमारा मध्यवर्ती सामुदायिक वन अन्तर्गतको सिसुवार टोलले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख श्रीरामराज पाण्डेले मुसहरलाई मिटर बक्स…
Read More
हरियाली बन्दै गोन्द्राङ्गको सडक

हरियाली बन्दै गोन्द्राङ्गको सडक

चितवन १८ असार । चितवनको भरतपुरमा आज वृक्षारोपण गरिएको छ । पुर्व पश्चिम राजमार्ग अन्तगर्त गोन्द्राङ्गमा रहेको सडक डिभाइडरमा चितवनका कृयासिल सामाजिक संस्थाहरुले आज धुपि र फलफुलका विरुमा रोपेका छन् । कार्यक्रममा भरतपुर महानगरपनलिका प्रमुख रेनु दाहाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद सुवेदी, वडा १० र १२ का वडा अध्यक्षहरु, विभिन्न राजनैतिकदलका नेता कार्यकर्ता र सामाजिक संस्था बेटर चितवन,वे ग्रूप, फ्र्रेन्डहूड नेपालका सदस्यहरुको उपस्थीतीमा वृक्षारोपण सम्पन्न भएको थियो ।
Read More
जेसिज रत्ननगरद्धारा विद्यार्थीलाई करियर काउन्सेलिङ

जेसिज रत्ननगरद्धारा विद्यार्थीलाई करियर काउन्सेलिङ

चितवन ९ असार । रत्ननगरमा एसइइ दिएर वसेका विद्यार्थीहरुलाई केन्द्रित गर्दै करियर काउन्सेलिङ कार्यक्रम गरेको छ । सोमवार रत्ननगर जेसिजको आयोजनामा एसइइ पछि के भन्ने विषयमा विधार्थीलार्ई करियर काउन्सेलिङ गरिएको थियो । कार्यक्रममा भरतपुर र रत्ननगरका कलेज प्रमुखहरुले सहभागि विधार्थीहरुलाई एसइइ पछि कुन कलेज , कुन विषय छनोट लगायतको वारेमा जानकारी गराईएको थियो । करियर काउन्सेलिङमा करिव २ सय विधार्थीको सहभागिता रहेको थियो । सहभागिहरुलाई विज्ञापनको पछि नलागि राम्रो र गुणस्तरीय शैक्षिक संस्थामा अध्ययन गर्न सुझाव दिएका छन् । कार्यक्रममा क्वेष्ट मोडेल कलेज , स्काईराईडर आवासीय मावि, फोव्स कलेज , सनराईज ईङ्गिलस स्कुल, नारायणी पव्लिक स्कुलका प्रमुखहरुले सहभागि विधार्थीहरुलाई शैक्षिक…
Read More

प्रकाश सपुतको शम्भु राइलाई चिठी

तपईंलाई विश्वास नलाग्ला गीत पनि सुन्दै छु – चिठी तिमीलाई लेखु भन्छु‘ बिना कुनै स्वार्थ बिना कुनै उक्साहट, बिना कसैको सुझाव सल्लाह, बिना कुनै योजना यत्तिकै मनबाट जे आउँछ त्यही लेख्दैछु । आदरणीय शम्भु राई सर नमस्कार ।आराम छु आराम चाहान्छु । करिब ३६ डिग्री गर्मीलाई उछिन्ने जोशमा फुल स्पिडमा उषा ब्राण्डको फ्यान घुमिरहेको छ । अलि–अलि शीतल गराएको पनि छ तर फ्यान भन्दा स्पिडमा घुमिरहेको मेरो मनका कुराहरु यहाँ पोखेर शीतल हुन चाहन्छु । यद्यपी हुन्छु कि नाई, थाहा छैन । भर्खरै एउटा सांगीतिक प्रस्तुती दिएर फर्केको छु । यही नजिकै महोत्सव लागेको छ । राम्रो पारिश्रमिक तोकेर आएको…
Read More
समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

समाज सेवालाई नै सवैभन्दा ठुलो सम्पतीको रुपमा लिदै आएको छु : समाजसेवी अर्याल

मानिस जन्मेपछि समाजप्रति उत्तरदायी हुनुपर्छ, यही सोचलाई आत्मासाथ गर्दै धादिङ जिल्लाको मैदी गाबिसमा वडा नम्बर २ मा जन्मिनु भएका हाल चितवनको रत्ननगर ३ मा बसोबास गर्दै आउनु भएका केशव प्रसाद अर्याल सामाजिक कार्यमा निरन्तर लागि रहनुभएको छ । आधारभूत आवश्यकता पूर्ति संगै मानिसले अन्य आवश्यकता र अवसरको पहिचान गर्दै धन, मान, प्रतिष्ठा आदि आर्जन गर्न थाल्छ । व्यवसायीको पहिलो उदेश्य आफ्नो ब्यवसाय विस्तार र आर्थिक समुन्नति नै हुन्छ । व्यवसायलाई सामाजिक उत्तरदायीत्वको कोणबाट संचालन र योजना गर्ने क्षमता थोरै ब्यक्तिमा मात्र छ । सानै उमेरदेखि सामाजिक क्षेत्रमा रुचि राख्दै विभिन्न संघ/संस्था मार्फत सामजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका अर्यालले विगतमा धेरै…
Read More
बाढीको सम्भावना, सतर्क रहन आग्रह

बाढीको सम्भावना, सतर्क रहन आग्रह

काठमाण्डौ ८ असार । आइतबार बिहानै उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भैरहेको छ । पूर्वी भेगबाट गएको बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्य क्षेत्र हुँदै पश्चिमी भूभागमा सरिरहेको छ । यसैको प्रभावले देशका विभिन्न भूभागमा वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुन मध्य हुँदै पश्चिमी क्षेत्रमा जाने भएकाले आइतबार अन्य भूभागको तुलनामा पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । मध्य र पश्चिमी भूभागमा पानी पर्ने सम्भावना भएकाले चुरेबाट बहने नदीमा भने बाढीको सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै बाढी पुर्वानुमान महाशाखाले सूचना निकालेर आइतबार कोशी, नारायणी, कर्णाली,…
Read More
नारायणगढ–मुग्लिन सडक सुचारु

नारायणगढ–मुग्लिन सडक सुचारु

चितवन,८ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा आएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना ६ स्थित जलबीरेमा विहान ६ बजेतिरको समयमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । अहिले विहान ८ बजेदेखि पहिरो पन्छाई दुबै तर्फ सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
Read More
बाघमारा वनको अध्यक्षमा जितु तामाङ  निर्वाचित

बाघमारा वनको अध्यक्षमा जितु तामाङ निर्वाचित

चितवन ०७ असार । पूर्वी चितवनको बाघमारा मध्यवर्ती समुदायिक वनको अध्यक्षमा संरक्षणकर्मी जितु तामाङ भएका छन् ।  विगत लामो समयदेखि नेतृत्व विहिन बेनेको वनको अध्यक्षमा पहिलो संरक्षणको क्षेत्रमा क्रियाशिल सौराहाका युवा जितु तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।पर्यटकीय नगरी सौराहा नजिक रहेको बाघमारा वनको मुलुकमा नै पर्यायर्पटनबाट धेरै आम्दानी वन समेत हो । सौराहा सानैदेखि विभिन्न संरक्षणमा सक्रिय तामाङ नेचर गाईड हुदै सौराहामा नै होड अर्कीड समेत सञ्चालन सफल भएका थिए ।पछिल्लो समयमा उनले नेपाल नै पहिलो बाघ संरक्षण समिति गठन गरि विभिन्न संरक्षणका फिरकशैलीका कार्यक्रमले आफ्नो लोकप्रियतालाई थप उचाईमा लगेका थिए ।संरक्षणकर्मी युवाले नै नेतृत्व पाएपछि वनले थप उचाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.