आईपिएल क्रिकेट अन्तर्गत आज दिल्ली र पंजाव भिड्दै

यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आज आफ्नो १० औँ म्याच खेल्दै छ । दिल्लीले १० औँ म्याच किंग्स इलावेन पञ्जाबविरुद्ध खेल्न लागेको हो ।

पञ्जाब र दिल्लीबीचको खेल आज साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । जारी सिजनमा दिल्लीले ९ खेलमध्ये २ म्याचमा मात्र हारको सामना गरेको छ । दिल्ली १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

पञ्जाब ९ म्याचमध्ये तीन खेलमा विजयी भएको छ । पञ्जाबविरुद्धको पछिल्लो पाँच म्याचमा दिल्ली २ खेलमा विजयी भएको छ ।

लामो समय देखि बेन्चमा बसिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले आज मौका पाउने सम्भावना रहेको छ । विकेट किपर ऋषब पन्तलाई सन्चो भए संगै सन्दिपको बाटो खुलेको श्रोतहरु बताउछन ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.