काठमान्डौ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन्।१३ हजार ८ सय ६१ जनामा गरिएको पिसिआर परिक्षणका क्रममा काठमान्डौ उपत्यकामा १७०२ सहित ३ हजार ९३ जना थपिएका हुन्।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना संक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ।