यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज कोलकाता नाइट राइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स (बैंग्लोर) खेल्दै छन् । यी दुई टिमबीचको अबुधाबीमा खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
जारी सिजनमा दुबै टिमले ९/९ म्याच खेलिसकेका छन् । जसमा आरसीबी ६ र केकेआर ५ खेलमा विजयी भएको छ ।
आरसीबी १२ अंकका साथ तालिकाको तेस्रो र केकेआर १० अंकका साथ चौथो स्थानमा छ । पछिल्ला पाँच खेलमा आरसीबीविरुद्ध केकेआर तीन खेलमा विजयी भएको छ ।