काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्यमा आएको यो गिरावटसँगै बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावको प्रभाव नेपाली सुनचाँदी बजारमा पनि परेको छ।