आज मितिः २०८३ मंसिर ८ गते

प्रधानमन्त्री बालेन दुईदिने भारत भ्रमणमा, आज दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो १:४५ बजे दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै, दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने र अयोध्या–जनकपुर रेल उद्घाटन गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी हुनेछन्।

प्रधानमन्त्री शाह सोमबार साँझ ६:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक संवाद र सहकार्यको अवसरका रूपमा हेरिएको छ।

१००औँ ओडीआईमा नेपालले यूएईविरुद्ध टस जित्यो, पहिले बलिङ गर्ने

रत्ननगर । कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा यूएईविरुद्ध टस जितेको छ। नेपाली कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

नेपालले पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै हार बेहोरेको थियो भने यूएई पाकिस्तान शाहिन्ससँग पराजित भएको थियो।

नेपालको यो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो। हालसम्म ९९ खेल खेलेको नेपालले ४९ जित, ४७ हार, एक बराबरी र दुई खेलमा अनिर्णीत नतिजा बेहोरेको छ।

यूएईविरुद्धका २० खेलमध्ये नेपालले १२ जित र ८ हार बेहोरेको छ। आजको खेल जिते नेपालले आफ्नो ऐतिहासिक १००औँ ओडीआईलाई ५०औँ जितसँगै यादगार बनाउन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.