आज मितिः २०८३ मंसिर ८ गते

सर्लाहीमा गर्भवती महिलाको मृत्यु भएपछि अस्पतालमा आगजनी र तोडफोड

रत्ननगर । सर्लाहीको बरहथवा नगर अस्पतालमा उपचारका क्रममा नौ महिनाकी गर्भवती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा आगजनी र तोडफोड गरेका छन् । बरहथवा नगरपालिका–५ की २१ वर्षीया सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकीय लापरबाहीको आरोप लगाउँदै अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी र तोडफोड गरेका हुन् ।

थप उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले शनिबार राति १०ः५३ बजे मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । आगजनी र तोडफोडबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको अस्पतालले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ भने दुई जना फरार रहेका छन् ।

महिलाको मृत्यु चिकित्सकीय लापरबाहीका कारण भएको हो वा होइन भन्नेबारे भने आधिकारिक पुष्टि हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.