रत्ननगर । विगत केही सातादेखि लगातार घट्दै आएको सुनको भाउमा आज वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले बढेको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय १० रुपैयाँ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएसँगै आज नेपाली बजारमा बहुमूल्य धातुको कारोबार मूल्य बढेको छ ।