प्रदेश

वडा अध्यक्ष थापाको उदाहरणीय काम,पेन्सनबाट गरिवकी छोरीलाई शिक्षा

वडा अध्यक्ष थापाको उदाहरणीय काम,पेन्सनबाट गरिवकी छोरीलाई शिक्षा

रत्ननगर १६ बैशाख । रत्ननगर नगरपालिका वडा नं १६ का वडा अध्यक्ष हेमराज थापाले गरिव तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका छन । सो वडामा रहेको भद्रकाली माविमा कक्षा ५ मा अध्ययनरत आयुषा सूयालको अभिभाबकत्व ग्रहण गर्दै कक्षा १२ सम्म पढाउने घोषणा गरेका हुन । विद्यालयमा आयोजित कार्यक्रममा उनले सूयाललाई किताव,स्टेशनरी,पोसाक समेत प्रदान गरे । वडाध्यक्ष थापा नेपाली सेनाका अबकास प्राप्त नेपाली सुवेदार हुन । नेपाल सरकारबाट पेन्सन पाउने भएकाले उनले जनप्रतिनिधिलाई सरकारले दिने सेवा सुविधा पाउदैनन । वडाध्यक्ष थापाले आफुले पाउने पेन्सनबाट सूयाललाई कक्षा १२ सम्म पढाउने बताए । उनले वडा भित्रका आर्थिक…
Read More

व्यवसायीहरुको दाबी : ‘कानूनीरुपमै खुल्लामञ्चमा सटर भाडामा लिएका हौं’

काठमाडौं, ६ बैशाख । काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन् । केही दिनअघिमात्रै खुल्लामञ्चमा गैरकानूनी तवरले सटर निर्माण भैरहेको भनेर आएको समाचारको खण्डन गर्दै व्यवसायीहरुले आफूहरुले काठमाडौं भ्यु–टावर निर्माणाधिन कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्स कम्पनीसँगको सहमतिमा सटर बनाएको स्पष्ट पारेका छन् । खुल्लामञ्चमा सटर बनाएकामध्येका एक व्यवसायी रविन्द्र बिकले आफूहरु विगत तीन वर्षदेखि नै उक्त ठाउँमा फुटपाथमा व्यवसाय गर्दैै आएको सुनाउँदै भने,‘अहिले काठमाडौं भ्युटावर बनाउने क्रममा ठेकेदारले सटर बनाएको थाहा पाएपछि हामी फुटपाथबाट त्यहाँ सरेका छौं । हामीले कानूनी…
Read More
आर्कष बन्दै गैंडाकोटको हनुमान मन्दिर

आर्कष बन्दै गैंडाकोटको हनुमान मन्दिर

गैडाकोट ६ बैशाख । श्री हनुमान मन्दिर समिति चक्रघाटले मन्दिर निर्माणका २० बर्षे कार्ययोजनाका पञ्चबर्षीय योजनालाई सार्बजनिक गरिएको छ । आज गैडाकोट ९ मा पत्रकार सम्मेलनको आयोजना गरेर नै मन्दिरको भौतीक पूर्बाधार बिकास शिखरशैलीको कलात्मक मन्दिर निर्माण गरिने जनाएको छ । मन्दिर र त्यस वरिपरिको क्षेत्र पर्यटकीय क्षेत्र बन्न सक्ने हुनाले प्रचारप्रसार गरिने पनि श्री हनुमान मन्दिर समिति चक्रघाट समितिले जनाएको छ । श्री हनुमान मन्दिर चक्रघाटमा रहेको स्नानघाट , धर्मशाला, गुरुयोजना मुताविकको पार्क निर्माण तथा धार्मीक बनको दिगो व्यवस्थापले गैडाकोटको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने श्री हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो । उहाले मन्दिरको बिकास निर्माण र…
Read More
सौराहामा पर्यटकीय बसपार्क बनाएरै छाड्छु : मेयर वन

सौराहामा पर्यटकीय बसपार्क बनाएरै छाड्छु : मेयर वन

चितवन २९ चैत । रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जस्तो सुकै मुल्य चुकाएर भएपनि सौराहाका पर्यटकीय बसपार्क लगायतका पर्यटन पूर्वाधार निर्माण गरेरै छाड्ने बताएका छन । जग्गा विवादका कारण पर्यटकीय ठुला योजना पुरा नहुने आशंका भइरहेका बेला मेयर वनले भने कुनैपनि हालतमा काम गरेर देखाउने दावी गरेका छन । नयाँ वर्ष २०७६ सालको अवसरमा रत्ननगर नगरपालिकाले शुक्रवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर नारायण वनले जस्तो सुकै परिस्थिती आए पनि योजनाको सुरुवात गर्ने बताए । रत्ननगरले पर्यटकीय वसपार्क, वाटर किंगडम, सिटी, भ्यु टावर निर्माण गर्ने लगायतका ठुला योजना चालु आर्थिक वर्षमा सुरु गर्ने लक्ष्य लिएको छ । तर, वर्षौदेखी ऐलानी…
Read More
कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

कुमरोज मध्यवर्ती सामुदायिक वनको १२ औ साधारण सभा सम्पन्न

रत्ननगर, २९ चैत्र । चितवनको खैरहनी १२ र १३ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवा करबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । वनले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो । पछिल्लो पटक चितवनको सौराहा आउने पर्यटकको आकर्षक गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह पर्ने गरेको छ । वन परिसरमा आज आयोजित १२ औँ बार्षिक साधारण सभामा चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले वन क्षेत्र भ्रमण गरेको तथ्याङ्क शार्बजनिक गरेको छ ।…
Read More
बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

बार टेन्डर व्यवसायमा आकर्षण बढ्दो

चितवन २८ चैत । बढ्दो शहरीकरणसँगै चितवनमा पछिल्लो समय बारटेण्डर व्यवसायमा आकर्षण बढेको छ । विशेष गरेर युवावर्गले यो क्षेत्रलाई रोज्ने गरेका छन् । यससम्बन्धी डिप्लोमा कोर्षमा पढाइसमेत हुने गरेको छ । भरतपुर–१० स्थित स्याउली बजार हाकिमचोकमा आफ्नो अध्ययन पूरा गरे पश्चात् वैदेशिक रोजगारिका लागि बिदेश जान चाहनेहरुका लागि र स्वदेशमा नै केही गरौं भन्ने भावना भएकाहरुका लागि चितवन फ्लेयर बार टेन्डर इन्स्टिच्युट विगत ५ वर्षदेखि सन्चालनमा आइरहेको छ ।वैदेशिक रोजगारका क्रममा सिङ्गापुर स्टार क्रुजबाट नेपाल आए पश्चात् नेपालमा नै केही गरौ भन्ने भावनाले यो व्यवसाय रोजेको संचालक संजोक गुरुङ बताउनुहुन्छ । कलात्मक ढंगले प्रयोगात्मक फ्युजनको विश्वभरि चल्ने ककटेल, मक्टेल…
Read More
बकुलहरमा माविको परिक्षाफल सार्वजनिक

बकुलहरमा माविको परिक्षाफल सार्वजनिक

रत्ननगर २८ चैत । पुर्वी चितवनको बकुलहरमा रहेको बकुलहर माध्यमिक विधालयको २०७५ सालको वार्षिक परीश्राफल प्रकाशित भएको छ ।आज विधालयमा आयोजना गरेको एक समारोहका विच परिक्षाफल प्रकाशित गरिएको विधालयकी प्रध्यानाध्यापक कमल ढकालले जानकारी दिनु भएको छ । ंआजै ४८ जना विघार्थीलाई इमेज जव लिङक सौराहाचोकको सहयोगमा पुरस्कार वितरण समेत गरेको ढकालले वताईन । परिक्षाफल प्रकाशित कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नु भएको थियो भने परिक्षा समितिका संयोजक भोजराज पौडेलले परीश्राफल सार्वजनिक गर्नु भएको थियो । विधालयकी प्र.अ. कमला ढकालले विधालयको शैक्षिक , भौतिक, आथिक गतिविधिमाथि प्रकाश पानुभएको थियो । कार्यक्रममा रत्ननगर नगरपालीकाका नगर शिक्षा अधिकारी राजेन्द्र प्रसाद बराल प्रमुख अतिथि रहनु…
Read More
रत्ननगरमा निमार्ण भएको बसपार्क प्रयोग विहिन

रत्ननगरमा निमार्ण भएको बसपार्क प्रयोग विहिन

चितवन २८ चैत । रत्ननगर नगरपालीका विकासको दृष्टिकोणबाट हेर्दा निकै अघि बढेको छ । नगरपालीकाले संघिय सरकार , प्रदेश सरकारको सहकार्यमा र केहि आफ्नै बजेटबाट विकासको क्षेत्रमा केहि गर्न खोजेको प्रस्ट देखा परेको छ । नगरभित्र सम्पन्न भन्दा पनि विकास निमार्ण कार्य निरन्तर सञ्चालीत छन् । नगर भित्र ईकोपार्क, वालउधान, कवर्ड हल , सडक,कयर खोला डयाक निमार्ण , ढल निमार्णको कार्यले तिब्रता पाएको छ । नगरपालीकाले नगर भित्रको चारओटा बिधालयमा प्राविधिक शिक्षा सुरु गरिसकेको छ । नेपालको तेस्रो पर्यटकयी स्थल सौराहा प्रवेशद्धारलाई भने बेवास्था गरेको प्रस्ट देखापरेको छ । अतिक्रमित क्षेत्र खाली गरी १० कट्ठा जमीनमा करीब रु ४० लाखको…
Read More
नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाद्धारा हावाहुरु पिडितलाई सहयोग हस्तान्तरण

नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाद्धारा हावाहुरु पिडितलाई सहयोग हस्तान्तरण

रत्ननगर २७ चैत । नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले वारा र पर्साका हावाहुरु पिडितका लागि सहयोग हस्तान्तरण गरेको छ । वारा र पर्सा लगायतका जिल्लामा ठूलो आँधी बेहेरी र चट्टयाङ पर्दा करिब ३० जनाको मृत्यु भएको थियो । हावाहुरीवाट पिडित भएकाहरुको लागि नेपाल रेडक्रस सोसाईटी रत्ननगर उपशाखाले नगद १ लाख ६९ हजार ७ सय ९२ रुपयाँ वारा बिपत व्यवस्थापन सहायताकोषमा जम्मा गरेको रत्ननगर उपशाखाका अध्यक्ष गोविन्द श्रेष्ठ जानकारी दिनु भएको छ । वाराको कलैयामा एक समारोहका विच सहायताकोषमा जम्मा गरेको भौचर हस्तान्तरण समारोहका प्रमुख अतिथि एवं वाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई हस्तान्तरण गरेको श्रेष्ठले वताए । कार्यक्रममा नेपाली सेना…
Read More
चौंथो खैरहनी  खुल्ला नक आउट भलिवल प्रतियोगिताको उपाधि कालिबाहादुर गण भरतपुरलाई

चौंथो खैरहनी खुल्ला नक आउट भलिवल प्रतियोगिताको उपाधि कालिबाहादुर गण भरतपुरलाई

चितवन २७ चैत्र । चौंथो खैरहनी नगरपालिका खुल्ला नक आउट भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ । नव युवा कल्ब हर्नरी र चितवन युनाइटेड खैरहनी १३ को आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो । आज भएको फाईनल खेलमा सगमाथा रिकण्डीसन हाउसलाई १–३ को सेटमा पराजित गर्दै कालिबाहादुर गण भरतपुर बिजयी भएको छ । बिजेता कालिबाहादुर गणले नगद पचास हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने द्धितीय भएको सगमाथा रिकण्डीसन हाउसले नगद ३० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी सगमाथा रिकण्डीसन हाउसका धिरज बस्नेत हुन सफल भएको खेल संयोजक नवराज…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.