कुखुराको साइज अनुसार मूल्य घटाउने निर्णय मान्दैनौ: कुखुरा ब्यबसायी
चितवन,२६ चैत्र । दाना उद्योग र ह्याचरी उद्योगीहरुले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर दादागिरी देखाउने खोजेको भन्दै त्यसका विरुद्ध कुखुरापालन किसानहरु विरोधमा उत्रिएका छन् । दाना उद्योग संघका अध्यक्ष, ह्याचरी संघ र व्यापारीहरुको संस्था राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले कुखुरा पालक किसानहरुसँग छलफल नै नगरी कुखुराको मूल्य तोकेको भन्दै आक्रोष व्यक्त गरेका छन् । वास्तविक किसानहरु मारमा पार्ने गरी आफूखुशी दाना उद्योगीहरुले कुखुराको साइज अनुरुप ४ देखि १५ रुपैयाँ प्रतिकेजी कुखुराको मूल्य घटाउने निर्णय कुनै पनि हालतमा स्वीकार्य नहुने नेपाल कुखुरापालक किसान संघका अध्यक्ष झनक प्रसाद पौडेलद्धारा जारी गर्नु भएको प्रेसविज्ञप्तिमा उल्लेख छ । संघले जारी गरेको प्रेस विज्ञप्तिमा कुखुरा…