दोहा : एसिया कप राइजिङ स्टार्स (५० ओभर) क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा हुँदैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल कतारको दोहामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
आजको खेलमा नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने भारत ‘ए’ को नेतृत्व तिलक वर्माले गर्नेछन्।
प्रतियोगितामा दुवै टोलीबीच हुने आजको प्रतिस्पर्धालाई क्रिकेटप्रेमीले चासोका साथ हेरेका छन्। नेपालले भारतीय टोलीविरुद्ध आफ्नो खेल कौशल प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।